मंङ्गलसेनले उठायो १ करोड ३१ लाख भन्दा बढी राजस्व

43
SHARES
237
VIEWS

टेक बहादुर थापा । अछामको मंङ्गलसेन नगरपालिकाले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा ९० लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाले लक्ष्य भन्दा बढी १ करोड ३१ लाख ६० हजार राजस्व संकलन गरेको हो । नगर भित्रका राजस्व संकलन हुने विभिन्न क्षेत्र बाट हामी सबैको प्रयासले अपेक्षा गरेको भन्दा ४१ लाख बढी राजश्व जम्मा भएको मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिनुभएको छ

रेडियो गाउँघरसंग यसबारे कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले भन्नुभयो म चैत्र महिना यो पालिकामा आएको हु त्यो बेला ६४ लाख रुपैया राजस्व संकलन भएको थियो, आफु आईसकेपछी यसको दायरा बढाएको उहाले बताउनुभयो । बजारमा राजस्व संकलन गर्ने धेरै क्षेत्र भएपनी अपेक्षा गरे अनुसारको राजस्व संकलन नभएको पाईएकाले आफुले यही कुरालाई पहिलो प्राथमिकता राखेर काम गर्दा एका एक राजस्वमा बृद्धि भएको उहाको भनाई छ । पहिले महिना दिन सम्म १ लाख जम्मा नहुने समस्या थियो आफु आईसकेपछी एकै दिनमा लाख भन्दा बढी राजस्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताउनुभयो । बजार क्षेत्रमा रहेका कतिपय व्यवसायीहरु करको दायरामा नआएको, पसल वा संस्था नविकरण नगरेको, नगरपालिकालाई तिर्नुपर्ने कर नतिरेको पाईएकाले यस्ता संस्था र पसलहरुबाट राजस्व बढी संकलन गरिएको बताईएको छ ।

पालिकाले असुल गर्नुपर्ने बेरुजु पनी धेरै रहेको तर असुल हुन नसकेको बेला नगरपालिकाले ३ महिनामै १८ लाख बेरुजु असुल गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी गराउनु भएको थियो । उहाले भन्नुभयो नगरले बेरुजु असुल गर्ने लक्ष्य वार्षिक २५ हजार राखेको थियो आफु आईसकेपछी विभिन्न क्षेत्र बाट १८ लाख बढी बेरुजु असुल गरेको बताउनुभयो ।

तपाई आईसकेपछी राजस्व संकलन कसरी बढ्यो भन्ने हाम्रो प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत डाँगीले भन्नुभयो हामी सिधै व्यापारीसंग कर उठाउन गएनौ पहिले व्यपारीले भोगि रहेका समस्याहरु के हुन त्यसको पहिचान ग¥यौ, त्यी समस्या क्रमिक रुपमा समाधान गर्दै जादा व्यापारीहरु आफै कर तिर्न आएको उहाको भनाई छ ।

यो आर्थिक वर्षमा मंगलसेन नगरपालिकाले १ करोड ५ लाख राजस्व संकलन गर्न लक्ष्य राखेको भन्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले यो वर्षपनी लक्ष्यभन्दा बढी राजश्व संकलन गर्ने योजनाका साथ आफु लागीपरेको बताउनुभयो । चालु आर्थिक वर्षमा सरसफाई शुल्कलाई प्राथमिकता दिदै ढुंगा,गीट्टी, बालुवा बाट कर त उठाउछौ नै, यस बाहेक नगरपालिकामा ओजेटी गर्न आउने विद्यार्थिहरुबाट पनि कर लिने निति लिएको जानकारी गराउनु भएको छ ।

यता राजस्व शाखा प्रमुख दिपक खड्काले प्रमुख प्रशासकीय अधिकृत डाँगीको राजश्व संकलन गर्ने शैली र उहाको मेहनत बाट नै यो कुरा सम्भव भएको बताउनुभयो । विगतमा हामी बजार क्षेत्रमा जादा व्यपारीहरुले कर दिने अवस्था थिएन उहाँ आईसकेपछी स्थानीय व्यापारी संगको समन्वय र सहकार्यले गर्दा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको जानकारी दिनुभएको छ । मंगलसेन नगरपालिकाको यो हाल सम्मकै धेरै राजस्व हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार