टेक बहादुर थापा । अछामको ढकारी गाउँपालिकाका युवाहरुले संकलन गरेको सहयोग रकम सम्बधित व्यक्तिलाई हस्तान्तरण गरेका छन । वडा न ६ ढुंगाचाल्ना निवासी नरे थापालाई रकम हस्तान्तरण गरिएको हो ।
थापाको असार ७ गते घाँस काट्नेक्रममा भिरबाट खसेर खुट्टा भाचिएको थियो भने १३ गते उनका छोरा प्रेम थापाको रुखबाट खसेर टाउकोमा गम्भिर चोट लागेपछी स्थानीय युवाहरुले सहयोग रकम संकलन गरेका थिए ।
घरको आर्थिक अवस्था कमजोर रहेको र एक हप्ताको अवधिमा दुबैजना बाबुछोरा लडेर घाइते भएपछी पिडितको घाउमा मलहम लगाउन रकम संकलन गर्ने अभियान सुरुवात गरिएको स्थानीय युवा नृप बहादुर थापाले बताउनुभयो ।
स्थानीय जनप्रतिनिधि र युवाहरुको सहभागितामा बिहीबार घाइते थापकै घरमा गएर देश विदेश बाट संकलन भएको १ लाख १ लाख ७ हजार ८ सय ३५ रुपैया हस्तान्तरण गरिएको थापाले जानकारी दिनुभयो । आफ्नो गाउँठाउमा रहेका दाजुभाईलाई आपत विपत पर्दा स्थानीय युवाहरुले देखाएको सकृयताको सरोकारवालाले प्रशंसा गरेका छन ।
रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष प्रकाश बहादुर थापा, नृप थापा, देबेन्द्र बहादुर बुढा, रतन प्रसाद जैशी, कृष्ण बहादुर थापा लगायतको सहभागिता रहेको थियो । घाइते थापाले आफु समस्यामा परेको बेला आर्थिक सहयोग गर्ने र पहल गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।













Discussion about this post