मंगलसेनले नागरिकलाई सहज सेवा दिन सेवा केन्द्र स्थापना गर्दै

13
SHARES
74
VIEWS

टेक बहादुर थापा । अछामको मंगलसेन नगरपालिकाले किसानलाई उनीहरुकै घरदैलोमा सेवा दिने उदेश्यका साथ सामुदायिक कृषि तथा पशुसेवा केन्द्रको स्थापना गरेको छ । पालिकामा रहेका १४ वटै वडाका नागरिकलाई सहज रुपमा कृषि तथा पशुसेवा दिन केन्द्रको स्थापना गरेको नगरपालिकाले जनाएको छ बिहिबार मात्रै ४ वटा वडाका नागरिकको लागि स्थापना गरिएका दुईवटा सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

वडा न. ८ र ९ का लागि ओलीगाउँको कुस्काटिया र वडा न १० र ११ का लागि जुपुमा स्थापना गरिएका दुईवटा कृषि तथा पशुसेवा केन्द्रको बिहिबार एक कार्यक्रमको आयोजनागरि उद्घाटन गरिएको पशुसेवा शाखा प्रमुख डाक्टर बाल कुमार शाहले जानकारी दिनुभएको छ । शाखा प्रमुख शाहका अनुसार वडा तहमा केन्द्रको स्थापना गरि अधिकांश सेवाहरु वडा बाट नै दिने र जटील खालका समस्या भएमा नगरकै जनशक्ति वडामै आएर पनि सेवा दिने योजनाका साथ यो कार्यलाई अघि बढाइको उहाको भनाई छ ।

दुईवटै वडामा स्थापना भएका सामुदायिक कृषि तथा पशुसेवा केन्द्रको बिहीबार नगर प्रमुख पदम बहादुर बोहरा र उप प्रमुख संगीता रावल सोडारीले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पदमबहादुर बोहराले नगरको कृषि क्षेत्रमा जागरण ल्याउनका लागि सामुदायिक कृषि तथा पशुसेवा केन्द्रको स्थापना गरिएको बताउनुभयो । कृषि क्षेत्रको विकास बिना हाम्रो समुदायमा रहेको गरिबी र पछौटेपनको अन्त्य हुन नसक्ने भन्दै नगर प्रमुख बोहराले किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने यो कार्यक्रमको प्रमुख उदेश्य रहेको बताउनुभयो । पछिल्लो समयमा डरलाग्दो तरिकाले पालिका बाट बसाइ सराई बढेकोमा चिन्ता व्यक्त गर्दै नगर प्रमुख बोहराले भन्नुभयो यही ठाउमा केही गर्छु भन्ने किसानका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

दुईवटै वडामा भएको सामुदायिक कृषि तथा पशुसेवा केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै वडा न ८ का निवर्तमान वडा अध्यक्ष हिरण्ड बहादुर बोहरा र वडा न १० का नेत्र बहादुर रावलले वडा तहमै सेवा केन्द्र स्थापान गरि नागरिकलाई घरदैलोमै सेवा दिने नगरको यो कार्यको प्रशंसा गर्नुभएको थियो । यसभन्दा अघि यस्ता कार्यालयहरु स्थापना गर्ने तर आवश्यक जनशक्ति र औषधी नहुने समस्या देखिएको तर्फ संकेत गर्दै नीबर्तामान अध्यक्ष दोय बोहरा र रावलले यस तर्फ ध्यान दिन सुझाव दिनुभएको थियो । गुणस्तरिय सेवा आजको आवश्यक्ता भएकाले यस्ता कुरामा कमजोर गर्न नहुने मंगलसेन ८ का निवर्तमान वडा अध्यक्ष बोहराले बताउनुभयो ।

कार्यक्रममा सहभागि स्थानीय नागरिकहरुले पहिले यही सेवा लिन नगरपालिका जानुपर्ने बाध्यता थियो अब आफ्नै गाउँमा कृषि र पशु सेवा पाउने भएपछी खुसी व्यक्त गरेका छन । वडा न १० का अगुवा किसान लाल बहादुर बोहराले भन्नुभयो आफुले व्यवसायीक रुपमा तरकारी खेती र माछापालन गरिरहेको छु, कहिलेकाही सामान्य सेवा लिनका लागि पनि गाडीभाडा खर्च गरेर नगरपालिका जाने गरेको थिए अब गाउँमै सेवा पाउने भएपछी आफु जस्ता किसानहरुलाई ठुलो सहयोग पुग्ने भन्दै खुसी व्यक्तगर्नुभयो ।

नगरपालिकाले आगामी दिनमा क्रमश अन्य वडामा स्थापना गरिएका सामुदायिक कृषि तथा पशुसेवा केन्द्रको उद्घाटन गर्दै जाने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जानकारी दिनुभएको छ । यस्तै वडा न १ र २ का लागि वडा न १ को सुवाखाँद, वडा न ३, ४ र ५ का लागि मंगलसेन नगरपालिका, वडा न ६ र ७ का लागि वडा न ७ को जनाली, वडा न १२ बान्नातोली र वडा न १४ कालागाउँका लागी छापडाडामा केन्द्रको स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत डाँगीको भनाई छ । यसैगरी वडा न १३ बस्ती भौगोलिक रुपमा टाढा रहेकाले वडा कार्यालयमा नै केन्द्र स्थापना गरिएको छ । स्थापना गरिएको सामुदायिक कृषि तथा पशुसेवा केन्द्रमा एक जना कृषि प्राविधिक र एकजना पशु प्राविधिक बस्ने भएका छन । दुईवटै वडामा भएको कार्यक्रमको संचालन कृषि प्राविधिक तर्क भुलले गर्नुभएको थियो । केन्द्र स्थापनाको विषयमा केही वडामा विवाद देखिएको हुदा तत्काल समाधान गरि केन्द्रको उद्घाटन गरिने तयारी भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार