निराजन भण्डारी । मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीमा रहेको शिशु सुधार माध्यमिक विद्यालयको ५७ औँ बार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा वडा अध्यक्ष हिक्मत बोगटी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोगटीले विद्यालयको विकासका लागि शिक्षक–अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताउनुभएको छ । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको बताउँदै वडा अध्यक्ष बोगटीले सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको औल्याउनु भएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।बार्षिकोत्सब तथा अभिभावक भेलामा एमाले जिल्ला कमिटी सदस्य तेज बहादुर थापा,नेकपा माओवादी केन्द्रका नगर कमिटी उपाध्यक्ष गौरव नेपाली,रास्वपाका नगर सभापति दिपक साउद स्वास्थ चौकी बस्तिका इन्चार्ज भुवन रेग्मी,वडा सदस्य मैसरा थापा,शिशु कल्याण आधारभुत विद्यालयका शिक्षक मीन बिस्ट,खेलकुद बिकास समितिका अध्यक्ष पुरन बिक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अभिभावक भेलाले नयाँ विद्यालय व्यावस्थापन समिती र शिक्षक अभिभावक संघ गठन गरिएको छ । हिक्मत बहादुर बोगटीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यावस्थापन समिती र मैसरदेबि थापाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको धनविर नेपालीले दिनुभएको छ । कार्यक्रमकाे सञ्चालन विद्यालयका शिक्षक सेर बहादुर कलेलले गर्नुभएको थियो ।














Discussion about this post