टेक बहादुर थापा । अछामको तुर्माखाद गाउँपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल सम्बनिध ४ दिने तालिम सम्पन्न भएको छ ।
वाक नेपाल र वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको साझेदारी र तुर्माखाँद गाँउपालिकाको समन्वयमा संचालित समुदायमा आधारित विपद जोखिम न्यूनिकरण (CBDRR) परियोजनाको आयोजनामा असार २६गते देखि २९ गते सम्म तालिमको आयोजना गरिएको हो । उक्त तालिममा तुर्माखाँद गाँउपालिका वडा नं २ भुलु, वडा नं.३ भैरवस्थान, वडा नं. ६ को रानिवनमा मा गठित सामुदायिक विपद व्यवस्थापन समिति, वडा विपद व्यवस्थापन समिति,तथा पालिका मा रहेको स्थानिय विपद व्यावस्थापन समितिका पदाधिकारीको सहभागीता रहेको थियोे ।
तुर्माखाँद गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज खत्रिको अध्यक्षता समापन भएको कार्यक्रमा, वल्र्ड भिजन ईन्टरनेश्नल नेपाल, CBDRR परियोजना का परियोजना प्रमुख नावमि काटो, वल्र्ड भिजन ईन्टरनेश्नल नेपालका विपद जोखिम व्यावस्थापन बिषेशज्ञ लोकेन्द्र भट्ट, भौतिक संरचना संयोजक डम्बरु जोशि, वाक नेपालका कार्यक्रम व्यवस्थापक टेक बहादुर थापा, परियोजना संयोजक शिवराज ढुंगाना, पालिकाका विभिन्न शाखा प्रमुख तथा वाक नेपालका विपद जोखिम व्यावस्थापन अधिकृत सुरेश शर्मा लगायतको सहभागिता रहेको थियोे । कार्यक्रमको संचालन परियोजनाका सामाजिक परिचालक निरक सुनारले गर्नु भएको थियो ।
विपद प्रतिकार्यका लागि सामुदायिक पहल सम्बनिध ४ दिने तालिमको सहजिकरण EERC को तर्फबाट सन्तोष ढकाल, अमृता सापकोटा, विष्णु जोशि, सम्झना खत्रि तथा सुर्य थापा लगायतले गर्नु भएको थियो ।
समापन कार्यक्रमा बोल्दै प्रमुख प्रशासकिय अधिकृतले पालिकामा यस्ता खालका तालिमको माध्यमबाट समग्र पालिकाको विपद् प्रतिकार्य क्षमतामा सुधार भई आगामि दिनमा विपद पश्चात तत्काल खोज उद्धार तथा विपद व्यावस्थापनका लागि सहज हुने विश्वास व्यक्त गर्नुभएको छ भने पालिकाले उत्पादन भएका जनशक्तिको थप क्षमता विकास गर्ने तथा आवश्यक सामाग्री व्यावस्थापनका लागि पालिकाले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे ।
परियोजना प्रमुख नावमि काटोले पालिकाको सम्रग विपद व्यावस्थापन तथा क्षमता अभिबृद्धिका लागि सदैब सहकार्य रहने जानकारी गराउनु भएको छ त्यस्तै, तालिको सहभागिहरुको तर्फ बाट बोल्दै सहभागि कमल कोलिले तालिमले भविष्यमा समुदाय तथा पालिका स्तरमा हुने विपदका घटनाहरुको प्रतिकार्यका लागि सहभागिहरुको क्षमता विकास भएको र आगामि दिनमा प्रतिकार्यका लागि आफुहरु सधै तत्पर रहने प्रतिबद्धता जनाउनु भएको थियोे ।














Discussion about this post