टेक बहादुर थापा । पछिल्लो समयमा मंगलसेन बजारको सरसफाईले तिब्रता पाएको छ । बजार क्षेत्रको फोहोरको व्यवस्थापन, सार्वजनिक शौचालय देिख नाली सरसफाईको कामले तिब्रता पाएपछी बजार क्षेत्र पनि सफा देखिन थालेको छ । लामो समय देखी बजार क्षेत्रको नाली सफा नहुदा नालीको पानी सडकमा आउने र त्यही कारणले सडक तथा बजार क्षेत्र फोहोर देखिने गरेको थियो । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी आईसकेपछी उहाले यो कार्यलाई पहिलो प्राथामिकता दिनुभएको छ ।
नगरकै मुख्य बजारको नाली व्यवस्थित नहुदा यसले सरसफाईमा चुनौती थपेको भन्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले नाली सरसफाई र सार्वजनिक शौचालय व्यवस्थित बनाउने कार्यलाई तिब्रता दिनुभएको हो । अहिले मंगलसेन बजार सफा देखिन थालेको छ भने बजारबासीले जम्मा गरेर राखेको फोहोर नियमित रुपमा उठाउने कामपनि भईरहेको छ । यती मात्र होइन मंगलसेनका सार्वजनिक स्थल र शौचालय पनि सफा र प्रयोग गर्न मिल्ने भएका छन । जिल्ला अस्पताल देखी बैरागी धारा सम्मको नाली सरसफाई, खुलामंच अगाडीको सार्वजनिक शौचालय र बैरागी धाराको शौचालय पनि सफा भएका छन । शौचालय सफा नहुदा प्रयोग गर्न समेत समस्या भईरहेको गुनासो बढ्दा प्रमुख प्रशासकीय अधिकृत डाँगीले यो कार्यलाई तत्काल अगाडी बढाएपछी हाल शौचालय सफा र चिटिक्क देखिएका छन ।
रेडियो गाउँघरलाई छोटो प्रतिकृया दिदै प्रमुख प्रशासकीय अधिकृत डाँगीले भन्नुभयो अहिले पनि केही बजारबासीहरुमा यो बजार हाम्रो हो हामीले सफा गर्नुपर्छ भन्ने भावनाको विकास हुन नसक्दा मंगलसेन बजार सफा हुन नसकेको बताउनुभयो । सानो काम पनि स्थानीय सरकारले नै गर्नुपर्छ उसको मात्रै जिम्मेवारी हो भन्ने बुझाईले समस्या ल्याईरहेको अधिकृत डाँगीको भनाई छ । आफु यो नगरपालिकामा आईसकेपछी आफ्नो दैनिक प्रशासनिक काम त छदै छ त्यो बाहेक साझ बिहानको समय बजार क्षेत्रको सरसफाइमा नै दिने गरेको जानकारी गराउनुभयो । आफु बिहान ६ बजे देखी नै केही कर्मचारी लिएर बजार क्षेत्रमा जान्छु कहीकतै कसैले फोहोर गरेको देखेमा वा भेटाएमा सोही ठाउका स्थानीय संग भेटघाट र छलफल गरेर फोहोर व्यवस्थापन मात्र होइन आगामी दिनमा नगर्ने भनी प्रतिबद्धता समेत गराउने गरेको बताउनुभयो ।
अधिकृत डाँगीले थप्नुभयो सधै फोहोर देखिने अस्पताल क्षेत्रको नाली र सडक अहिले चिटिक्क छ, कही पनि फोहोर छैन अहिले स्थानीय पनि खुसी छन । पहिले काम गर्न अवरोध सृजना गर्ने स्थानीयहरु अहिले सहयोग गर्न थालेको उहाको भनाई छ । उहा भन्नुहुन्छ पैसाको विनियोजनले मात्रै यस्ता समस्याहरु समाधान हुने होइन मान्छेको मनपनि विनियोजन हुनुपर्छ अधिकृत गाँगीले थप्नुभयो मैले मनको विनियोजन संगै शरिर र मन संगै बोकेर हिडे अनि यो सकारात्मक परिवर्तन आएको हो । हामी शरिर बोकेर मात्र हिडेका छौ मन बोकेर हिडेका छैनौ यस्ता काम गर्न शरिर संगै मन बोकेर हिड्न आग्रह समेत गर्नुभएको छ । आफु मंगलसेन रहदा सम्म यो कार्यलाई निरन्तरता दिने समेत प्रतिबद्धता जनाउनु भएको छ ।













Discussion about this post