रास्वपा अछामको हस्ताक्षर अभियान जारी

39
SHARES
214
VIEWS

निराजन भण्डारी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अछामले पनि हस्ताक्षर अभियानलाई निरन्तरता दिएको छ ।पाटी सभापति रवि लामिछानेको विरुद्ध भएको प्रतिसोधमा जनसर्मथन खोज्दै सुरु भएको अभियानमा हालसम्म जिल्लाका करिब ३ हजार ५ सयभन्दा बढी नागरिकले हस्ताक्षर गरेका छन ।

यो अभियान जिल्लाका १० वटै पालिका तथा वडा तहसम्म पनि सञ्चालन हुने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अछामका जिल्ला सभापति ओमप्रकाश रावलले २५ हजारभन्दा बढी हस्ताक्षर सङ्कलन गर्ने लक्ष्य रहेको बताउनुभयो । हस्ताक्षरका लागि ऐक्यबद्धता डेस्क स्थापना गरेर जिल्लाका सबै पालिकाबाट हस्ताक्षर सङ्कलन गरिने बताउँदै जिल्ला सभापति रावलले अभियानले व्यापक समर्थन पाउने विश्वास लिनुभएको छ ।

हालसम्म कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाबाट मात्र हस्ताक्षर सङ्कलन गरिएको र अबको केही दिनमा जिल्लाको साँफेबगर नगरपालिका,चौरपाटी गाउँपालिका,मेल्लेख गाउँपालिका,बान्नीगढी जयगढ गाउँपालिका,मंगलसेन नगरपालिका,तुर्माखाँद गाउँपालिका,ढकारी गाउँपालिका र रामारोशन गाउँपालिकामा डेस्क स्थापना गरेर हस्ताक्षर सङ्कलन गरिने रास्वपा अछामले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार