निराजन भण्डारी । अछाममा एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याउने ३ वटा विद्यालयलाई सम्मान गरिएको छ । पान जिल्ला कार्यसमितीको आयोजनामा एसईई परीक्षा २०८१ मा जिल्ला प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई सम्मान गरिएको हो ।
केही दिन अगाडी सार्वजनिक भएको एसईईको नजिता अनुसार सुर्य माध्यामिक विद्यालय भुलु प्रथम,कालिकेश्वरी माध्यामिक विद्यालय नाडा द्धितीय र त्रिपुरासुन्दरी माध्यामिक विद्यालय घोडासेन तृतीय स्थान हासिल गर्न सफल भएका थिए । उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई खाँदा र प्रमाण पत्र वितरण गरी सम्मान गरिएको हो ।
जिल्ला विकास तथा समुन्वय ईकाइ अछामको कार्यालयमा पान जिल्ला कार्यसमितीका अध्यक्ष देबेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको सम्मान कार्यत्रमको प्रमुख अतिथीमा जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुँवर रहनुभएको थियो ।
यस्तै कार्यक्रमको विशिष्ट अतिथीमा जिल्ला विकास तथा समुन्वय ईकाइका प्रमुख अम्बादत जोशी रहनुभएको थियो भने कार्यक्रमकको सञ्चालन पान जिल्ला कार्यसमिती सचिव मोतीराम भण्डारीले गर्नुभएको थियो ।
।













Discussion about this post