अछाममा ६ जना जुवाडे पक्राउ परेका छन । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ४ कैलाशखोला स्थित पुरानो घर छानामा जुवातास खेलिरहेका तिमिल्सैनका ४१ बर्षीय खेमराज शर्मा ५१ बर्षीय एकेन्द्र धामी सल्याना मटेलाका ५५ बर्षीय गणेश बहादुर साउँद,मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलिगाउँका ३५ बर्षीय छत्र बिक्रम रावल,वडा नम्बर ५ का ४२ बर्षीय तेज प्रसाद ढुंगाना वडा नम्बर ४ ढल्लेगाउँका ४० बर्षीय दिपेन्द्र शाहलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ९५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।














Discussion about this post