रामारोशन गाउँपालिकाको वित्तीय प्रगति ८३.७७ प्रतिशत

7
SHARES
41
VIEWS

निराजन भण्डारी । अछामको रामारोशन गाउँपालिकाले समग्रमा ८३ दशमलव ७७ प्रतिशत वित्तीय प्रगति गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा गाउँपालिकाले चालुतर्फ ९२ दशमलव ७९ प्रतिशत र पूँजिगत तर्फ ६० दशमलव ४७ प्रतिशत प्रगति हासिल गरेको हो।रामारोशन गाउँपालिकाका लेखापाल बिवेक तिमिल्सनाका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को सम्पुर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखांकन कार्य बन्द भएको छ ।

बिहिबार वित्तीय विवरण सार्वजनिक गर्दै गाउँपालिकाले असार २५ गते राती १२ बजे देखि सम्पूर्ण वित्तीय कामकाज बन्द गरेको लेखापाल तिमिल्सनाले जानकारी दिनुभयो । चालु आर्थिक बर्ष २०८१÷८२ को बार्षिक निती तथा कार्यक्रम र बार्षिक बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधी कर्मचारी तथा सरोकारवाला सबैमा रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले धन्यबाद समेत दिनुभएको छ ।

रामारोशन गाउँपालिका वित्तीय प्रगति 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार