८४ वर्षको उमेरमा पदमाले पाइन नागरिकता: सामाजिक सुरक्षा भत्ताकाे बाटाे खुल्याे

20
SHARES
111
VIEWS

टेक बहादुर थापा । मंगलसेन नगरपालिका वडा न १२ बान्नातोली निवासी पदमा नाथले ८४ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि पदमा ले भने ८४ वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

बिहिबार अछामका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले उहालाई नागरिकता प्रदान गर्नुभएको थियो । घरमा साहारा कोही नहुदा नागरिकता बाट बञ्चित हुनु भएकी पदमा ८४ वर्षको उमेरमा नागरिकता पाउदा निकै खुसी हुनु भएको छ ।

पदमा ले भन्नुभयो मैले नागरिकता कस्तो हुन्छ भन्ने देखेको पनि थिइन, आज नागरिकता पाउदा संसारकै सबैभन्दा बढी खुसी मिलेको प्रतिकृया दिनुभएको छ । केही दिन अघि मात्र पदमा नाथको अवस्थाको बारेमा रेडियो गाउँघर र सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी उहाँको नागरिकता बनाउन पहल गर्नुपर्ने स्थानीयको दाबाब थियो । मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, वडा न १२ का अध्यक्ष खकेन्द्र बहादुर रावल, वडाका जनप्रतिनिधि, सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावल लगायत स्थानीय सरोकारवालाको पहलमा पदमा नाथले नागरिकता पाउनु भएको हो ।

उहाँको अवस्थाको बारेमा सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी अहिले सम्म नागरिकता बनाउन पहल नगरेको भन्दै केही स्थानीय नागरिकहरुले जनप्रतिनिधि तथा राजनितिक दलको आलोचना गरेका थिए । पदमाका छोरा धेरै वर्ष अघि बसाइ सराई गरेर कैलाली जादा उहाँलाई पनि संगै लैजान पहल गरेपनी पदमाले जान नमानेको कतिपय स्थानीयको भनाई छ । बिहिबार नागरिकता प्राप्त गरिसकेपछी हामीले यस विषयमा उहाँ संग कुरा गर्दा आफुलाई तराई ठिक नलाग्ने र यही ठाउमा बस्ने प्रतिकृया दिनुभएको थियो ।

पदमा ले भन्नुभयो छोराहरुले जान आग्रह गरेका हुन तर आफुलाई यही माटो प्यारो भएकाले यही माटोमा जन्मे, यही माटोमा मर्ने बताउनुभयो । पदमाले आफुलाई नागरिकता बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ । मंगलसेन नगरपालिका वडा न १२ बान्नातोलीमा रहेका सामुदायिक विद्यालयको अनुगमन गर्ने क्रममा पदमा नाथ गणेश आधरभुत विद्यालय नजिकैको बारीमा चर्किलो घामको वास्ता नगरि बारी खनिरहनु भएको अवस्थामा भेटिनु भएको थियो । उहाको यस्तो अवस्था देखेपछी सोही दिन उप प्रमुख संगीता रावल सोडारी, सामाजिक विकास समितिका संयोजक बृख बहादुर बोगटी, शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले पदमालाई नागरिकता दिलाउन पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार