निराजन भण्डारी । कमलबजार नगरपालिका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यालय भवनको बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख शारदा बिष्ट कुँवरले वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो ।
भवनको उदघाटन गर्दै नगरप्रमुख ढकालले नागरिकलाई सेवा प्रवाह गर्ने नजिकको सरकार वडा कार्यालय भएको बताउँदै वडाबाट दिइने सेवाहरू व्यवस्थित तरिकाले प्रदान गर्नुपर्ने बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख कुँवरले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
भवनको उदघाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले अब वडा कार्यालय व्यवस्थित भएकाले थप कार्य सम्पादन पनि व्यवस्थित हुने बताउनुभयो । वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई अध्यक्ष तिमिल्सैनाले धन्यवाद समेत दिनुभएको छ । भवन उद्घाटन कार्यक्रममा कमलबजार नगरपालिका प्रमुख उपप्रमुख ,जनप्रतिनिधि,समाजसेवी,विभिन्न राजनिति दलका प्रमुख एवम प्रतिनिधि,पत्रकार ,स्थानीय नागरिक लगायतको सहभागीता रहेको थियो ।













Discussion about this post