निराजन भण्डारी । अछामको तुर्माखाँद गाउँपालिकाले समग्रमा ९३ दशमलव १६ प्रतिशत वित्तीय प्रगति गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा गाउँपालिकाले चालुतर्फ ८८ दशमलव २८ प्रतिशत र पूँजिगत तर्फ ८५ दशमलव ६४ प्रतिशत प्रगति हासिल गरेको हो । तुर्माखाँद गाउँपालिकाका प्रशासकीय अधिकृत धर्मराज खत्रीका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को सम्पुर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखांकन कार्य बन्द भएको र चालु आर्थिक वर्षको औषत वित्तीय प्रगति ८७ दशमलव ६८ प्रतिशत खर्च भएको छ ।
बिहिबार वित्तीय विवरण सार्वजनिक गर्दै गाउँपालिकाले असार २५ गते राती १२ बजे देखि सम्पूर्ण वित्तीय कामकाज बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिनुभयो । साथै चालु आर्थिक बर्ष २०८१÷८२ को बार्षिक निती तथा कार्यक्रम र बार्षिक बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधी कर्मचारी तथा सरोकारवाला सबैमा प्रमुख प्रशासकीय अधिकृत खत्रीले धन्यबाद समेत दिनुभएको छ ।













Discussion about this post