निराजन भण्डारी ।अछामको तुर्माखाँद गाउँपालिकाले एसईई ग्रेडवृद्धि परिक्षा दिने विद्यार्थीका लागि निशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । पालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूबाट एसईईमा नन ग्रेडेड ल्याएका विद्यार्थीहरुका लागि निशुल्क कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा एसईईमा अंग्रेजी,गणित र विज्ञान विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीहरूलाई निशुल्क ग्रेडवृद्धि तयारी कक्षामा सहभागी हुन गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले आग्रह गर्नुभएको छ ।
विद्यार्थीहरुलाई आर्थिक भार नपरोस र उनीहरुको पढाईमा सुधार ल्याउने उदेश्यले सञ्चालन गरिएको निशुल्क ग्रेडवृद्धि तयारी कक्षा सञ्चालनमा लाग्ने आर्थिक गाउँपालिकाले बेहोर्ने अध्यक्ष बिसीले बताउनुभयो । यहि असार २५ गते बिहान १० बजेदेखि कक्षाहरु सञ्चालन गरिने शिक्षा शाखा प्रमुख भीम बहादुर चलाउनेले जानकारी दिनुभयो ।कालिकेवरी माध्यमिक विद्यालय तुर्माखाँदमा सञ्चालन हुने ग्रेडवृद्धि तयारी कक्षामा पालिकाका ८ वटै वडामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन ।













Discussion about this post