अछाम, कञ्चनपुर, जाजरकोट र कैलालीमा मध्यम वर्षा भएको छ । पानी परिरहेका ती ठाउँका खोला नदीहरुमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अछामको गोपघाट, ओलीगाउँ, कञ्चनपुरको ज्यामिरखाली,हनुमाननगर, जाजरकोटको डल्ली, रुकुम पूर्वको रुकुमकोट, सल्यानको काभ्रेनेटा र कैलाली बचिला वर्षामापन केन्द्र र आसपासका केन्द्रहरुमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुने भएकाले ती क्षेत्र भई बहने खोला तथा होचा भू–भागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज पनि सबै प्रदेशका पहाडी भू–भागका केही ठाउँहरुमा तथा बाँकी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।













Discussion about this post