धमालीका जनता भन्छन वडाले गरेका काममा सन्तोष छौ

34
SHARES
188
VIEWS

टेक बहादुर थापा । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमालीका स्थानीय नागरिकहरुले वडाले हाल सम्म गरेका काम सन्तोसजनक रहेको बताएका छन । विकास निर्माण तथा मानविय विकासमा वडाले राम्रो गरेकाले यसको नतिजा पनि सकारात्मक देखिन थालेको भन्दै आगामी दिनमा स्थानीय सरोकारवाला संगको समन्वय र सहकार्यलाई जोड दिएर काम गर्नुपर्नेमा जोड दिएका हुन । वडाले आयोजना गरेको आर्थिक वर्ष २०८१÷०८२ को सार्वजनिक सुनुवाइ तथा वार्षिक समिक्षा कार्यक्रममा सहभागि वडाका सरोकारवालाले वडामा सिमित स्रोत साधन हुने तर नागरिकको अपेक्षा धेरै भएकाले सबैको चाहान पुरा गर्न नसकेपनी भएको स्रोत साधन ठिक ठिक ठाउमा लगानी भएको भन्दै थप राम्रो कसरी बनाउन सकिन्छ यस तर्फ ध्यान दिन सुझाव समेत दिएका छन ।

वडाले सुशासन र पारदर्शिताका क्षेत्रमा राम्रो अभ्यास गर्न थालेको हुदा यसबाट वडाका अन्य निकाय पनि सेवाग्राही प्रति जिम्मेवार बन्ने विश्वाश व्यक्त गरेका छन । वडा अध्यक्ष निरक बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश सरोकारवालाहरुले वडा सरकारले संचालन गरेका सकारात्मक कार्यमा आ आफ्नो क्षेत्र बाट सहयोग गर्ने प्रतिबद्धता जनाउदै वडाका जनप्रतिनिधिहरुले पनी राजनितिक आस्था भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमीटी सदस्य जोरा सिंह बिष्टले वडाले पारदर्शिताका क्षेत्रमा राम्रो अभ्यास गरेको भन्दै प्रशंसा गर्नुभयो । विगत देखी नै वडाले सरोकारवालाहरुलाई बोलाएर यसरी नै बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ गर्दै आएकाले यस बाट नागरिकहरु पनि सुसुचित भएको उहाको भनाई छ । नागरिकहरुले अरु समयमा यो भएन त्यो भएन भनेर गुनासो गर्नुभन्दा पनि यस्ता सार्वजनिक चासोका कार्यक्रमहरुमा आएर आफ्नो गुनासो र सुझाव राख्न सुझाव दिनुभएको छ । नेता बिष्टले सानातिना टुक्रे योजना बनाउनु भन्दा पनि सबैलाई मान्ने हुने ठुला देखिने योजना बनाउ तर्फ ध्यान दिन सुझाव दिनुभएको छ । वडाले राजनितिक दलहरुले दिएको सुझावलाई आत्मसाथ गर्दै अघि बढेमा आफ्नो पार्टीको तर्फबाट सधै साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय प्रतिनिधि तिलक बिष्टले जनताको आवश्यक्तालाई प्राथमिकता दिदै योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज आवश्यक्ता भन्दा पनि पहुचको आधारमा योजना दिने गलत परम्पराको विकास भएकाले यस्ता गलत कार्य बन्द गर्नुपर्नेमा जोड दिनुभएको छ । आज गाउँघरमा बसाइ सराइ समस्याकै रुपमा देखिएकाले यसलाई रोक्नका लागि स्थानीय सरकारले विशेष कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । नागरिकलाई आयआर्जनमा जोड्न सकेको खण्डमा यस क्षेत्रको गरिबि र पछौटेपनको अन्त्य हुने नेता बिष्टको भनाई छ । वडाले गरेका कामहरुमा आफ्नो गुनासो नरहेको नेता बिष्टको भनाई छ ।

नेपाली काग्रेसका गणेश बहादुर शाहीले राजनीतिक दलहरुले दिएको सुझावकै आधारमा वडाका जनप्रतिनिधिहरु अघि बढेको बताउनुभएको छ । राजनीतिक आस्था फरक भएपछी विरोध मात्रै गर्नुपर्छ भन्ने गलत संस्कारको अन्त्य गर्नुपर्ने भन्दै शाहीले आफ्नो पार्टीले वडाले गरेका राम्रा कामको प्रशंसा र गलत कार्यमा खबदारी गर्दै आएको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्ने अधिकांश सरोकारवालाहरुले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने र अहिले पनि वडाका केही टोलहरुमा खानेपानी, सडक, विद्युत्तको समस्या रहेकाले यस्ता समस्याहरु समाधानका लागि पहल गर्न माग गरेका थिए भने स्थानीय युवा राजेन्द्र बहादुर बिष्टले पुनेपाटालाई हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभो । बैकुण्ठ आधारभुत विद्यालयकी प्रधानाध्यापक सरस्वती जैशीले आफ्नो विद्यालयमा केही महत्पूर्ण उपकरणको अभाव रहेको भन्दै यस्ता समस्या समाधान गर्नका लागि वडाले आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने र आफ्नो टोलमा विद्युत नबलेकाले कहिले सम्म विद्युत्त बिस्तार गर्नुहुन्छ भन्दै प्रश्न गर्नुभएको थियो ।

कार्यक्रममा सहभागि नागरिकहरुले सोधेका प्रश्नको जवाफ दिदै तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बीमला कुमारी शाहीले वडाका नागरिकहरुले भोगीरहेका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रबितद्धता जनाउनु भएको छ । हामी जुन जुन क्षेत्रको जिम्मेवारीमा छौ परिभाषित जिम्मेवारी पुरा गर्नुपर्ने र नागरिकहले गरेका गुनासाहरु सम्बोधन गर्न तर्फ लाग्ने बताउनुभयो ।कार्यक्रममा सहभागि स्थानीय सरोकारवालाले सोधेका प्रश्नको जवाफ दिनुहुदै वडा अध्यक्ष निरक बहादुर शाहीले आफुले वडाको स्रोत साधनले भ्याए सम्म वडाको विकासका लागि राम्रो कामगरेको बताउनुभयो । आफ्नो एउटै उदेश्य भनेको वडाका नागरिकको पक्षमा काम गर्ने हो यसमा आफ्नो कुनैपनी व्यक्तिगत स्वार्थ नरहेको भन्दै अध्यक्ष शाहीले वडामा केही नमुना कामहरु समेत आफ्नै पालामा सुरु भएको बताउनुभयो ।

अध्यक्ष शाहीले भन्नुभयो कुटानी पिसानीका लागि स्थानीय महिला दिदि बहिनीलाई दुख हुने भन्दै आफुले वडामै सार्वजनिक मिल संचालन गरेको, वडा अध्यक्ष स्वरोजगार कार्यक्रम बाट केही दाजुभाईहरु रोजगारी संग जोडिएको, कृषक प्रोत्साहन कार्यक्रम पनि आफुले नै संचालन गरेको अध्यक्ष शाहीको भनाई थियो । आफुले धेरैकुराहरु गर्न चाहेपनी स्रोत साधनको अभावले गर्न नसकेको बताउदै उहाले आगामी वर्ष स्थानीय सरोकारवालाले दिएको सुझावको आधारमा अघि बढ्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । अहिले पनि वडाका एक दुई टोलमा विद्युत्त विस्तार भईरहेकाले केही दिनमै विद्युत्त बाल्ने अध्यक्ष शाहीले जानकारी गराउनु भएको थियो ।

वडाका सबै सार्वजनिक संस्थाहरु पारदर्शि बनाउने आफ्नो उदेश्य रहेको तर अहिले पनि केही विद्यालय र सहकारी र सामुदायिक वनले अटेरी गरेको पाइएकाले यस्ता संस्थाहरुको बारेमा थप छलफल र बहस गर्ने अध्यक्ष शाहीको भनाई छ । पशु प्राविधिक खकेन्द्र बिष्टले स्वागत मन्तव्य राख्नसभएको थियो भने कार्यक्रमको संचालन वडा सचिव शान्ती विकले गर्नुभएको थियो । कार्यक्रममा वडाका सरोकारवालाको सहभागिता रहेको थियो भने विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक वनहरुले आ आफ्नो संस्थामा भएको प्रगति विवरणको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार