नेपाल कम्युनिस्ट पाटी अछामद्धारा अछाम बहुमुखी क्याम्पसलाई पुस्तक वितरण

10
SHARES
53
VIEWS

निराजन भण्डारी । नेपाल कम्युनिष्ट पाटी अछामले अछाम बहुमुखी क्याम्पसलाई निशुल्क पुस्तक वितरण गरेको छ । क्याम्पसलाई स्मृति,आर्दश,साझा डबली मिडिया,र राजनितिक,जनपत्रकार मुखपत्र गरी करिब ६ हजार मुल्य पर्ने ८ थान पुस्तक वितरण गरिएको हो ।

अछाम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मान बहादुर बुढालाई पुस्तक हस्तान्तरण गरिएको नेपाल कम्युनिष्ट पाटीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला सचिव निरक सीले जानकारी दिनुभयो ।

क्याम्पसलाई पुस्तक वितरण गरी सहयोग गरेको भन्दै सहायक क्याम्पस प्रमुख बुढाले नेपाल कम्युनिष्ट पाटी अछामलाई धन्यवाद दिनुभएको थियो ।

पुस्तक वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी अछामका युवा नेता तपेन्द्र शाही,समाजसेवी लक्ष्मण भण्डारी लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार