केही दिन अगाडि सार्वजनिक भएको एसइई नतिजामा अछाम प्रथम र तृत्तिय हुनेको नाम फेरिएको छ ।यसअघि नतिजामा अनुपस्थित देखिएका रामारोशन गाउँपालिकाका चार छात्र छात्रा मध्ये दुई जनाको नतिजा उत्कृष्ट आएको हो। रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीका अनुसार वडा नम्बर १ मलातिकोटमा रहेको पिंगला माविकी छात्रा करिश्मा खनालले ३ दशमलव ९१ जीपीए प्राप्त गरेकी छन ्। योसँगै करिश्मा अछाम जिल्ला प्रथम भएकी छन्।यस्तै वडा नम्बर ५ रामारोशन रहेको यशोदा माविका छात्र सुमित साउँद ३ दशमलव ८७ जीपीए ल्याएर जिल्ला तृत्तिय भएका छन । प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार नेपाल राष्ट्रिय मावि चाँफामाण्डौ परीक्षा केन्द्रबाट परीक्षामा सहभागी चार जना विद्यार्थीको नतिजामा ऐच्छिक कार्यालय संचालन तथा लेखा विषयको नम्बर नचढेर अनुपस्थित देखिएको थियो।
उक्त विद्यालयले चारै जनाको हाँजिरी सहितको सम्पूर्ण विवरण सहितको पत्र परीक्षा नियन्त्रण कार्यालयमा पठाएपछि नतिजा आउँदा जिल्ला प्रथम र तृत्तिय आफ्नै पालिकाको भएको भण्डारीले बताउनु भएको छ । करिश्मा र सुमित बाहेक अन्य दुई जना सरिता मावि मेलरुखका विद्यार्थी दिनेश भण्डारीले ३ दशमलव १० जीपीए र प्रशिका बुढाले ३ जीपीए ल्याएको पिंगला माविका प्रधानाध्यापक प्रेमराज खनालले जानकारी दिनुभएको छ ।खनालका अनुसार लेखा विषयको परीक्षामा सहभागी चारै जनाको शिक्षकले उत्तरपुस्तिका सहित समष्टिगत फारम पनि सँगै पठाउँदा लेखा विषयको नम्बर चढाउन छुटेको बुझिएको छ। प्राप्त नम्बर कम्प्युटरमा चढाउन छुटेको पाइएको खनालले जानकारी दिनुभयो ।
यसअघि सार्वजनिक भएको नतिजाअनुसार सामुदायिक तर्फ सबैभन्दा धेरै मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोट स्थित कालिका माध्यामिक विद्यालयकी छात्रा भावना साउँदको ३ दशमलव ९० जीपीए थियो। यस्तै ३.९० जीपीए ल्याएर सस्थागत तर्फ साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्देश्वरस्थित किण्डर गार्डेन एकेडेमीकी छात्रा एलिशा कुँवरले उत्कृष्ट बनेकी थिइन्। अब भने भावना र एलिशा जिल्लामा दोस्रो बनेका छन्। khaptadpress.com













Discussion about this post