म र मेरो यात्रा

22
SHARES
124
VIEWS

बर्षौ भए छ,हरेक दिन सिकाई र भोगाईको संगम रहेको मेरो यात्रा निकै अर्थपुर्ण र संघर्षमय भएको महशुस गरेको छु । सामाजिक रुपान्तरणको नयाँ आयममा आम नागरिकले आवश्यकता महशुकिरण गरिरहेको यस पोषण अभियानको यात्री भएको छु ।मेरा लागी हरेक बर्षका हरेक दिनहरु संषर्घ र सिकाईको खुल्ला किताब छन । जुन आफु र समुदाय रुपान्तरणका अग्रगामी दिन हुन ।सामाजिक क्षेत्रमा असल कर्म गर्न हरेक दिन नयाँ विचार र केही संकल्पका साथ सुरुवात गर्छु । त्यसैले मेरा सिकाई,अनुभव र भोगाईहरुलाई जिवन्त राख्ने संकल्प गरेको छु । पहाडको दुगर्म बस्ती त्यही माथि मध्यम र्वगगिय परिवारमा मेरो जन्मभयो । विधालय जिवन सरकारी विधलायबाट सुरु गरेको मेरो शैक्षिक यात्रा अहिले जनस्वास्थ्यकर्मीको रुपमा पोषण अभियानमा आवद्ध रहेको छु ।

जिवनका महत्वपुर्ण उर्जावानदिनहरु आमा र बालबालिकाहरुको पोषण सुधारमा टेवापर्याइ सुनौलो भविष्य निमार्णका लागि लगानी गरिरहेको छु ।पोषण सामाजिक विज्ञानको महत्वपुर्ण अंगहो ।त्यसैले मेरो भोगाइलाई असल कर्म बनाएर निरन्तर यस पवित्र अभियानमा आवद्ध भएको छु ।मैले हरेक दिनहरु अर्थपुर्ण बनाउन नयाँ र नविन्तम अभ्यासको खोजीमा रहेको हुन्छु । जँहा आफु र आफ्नो समुदायको जिवन कहाँनी देख्छु । मेरा लागि प्रत्येक बर्षका सबै दिनहरु महत्वपुर्ण र ऐतिहासिकरहेको महशुस गरी रहेको छु । यो सुनौलो यात्रामा आफुलाई सामाजिक रुपान्तरणको लागि पोषण अभियानको मजदुर भन्न आन्नद आउँछ । जुन मेरा लागि असल कर्महरु प्रेरणाका श्रोतहरु भएका छन ।

संघर्षको दुनियाँँमा बौद्धिकताको साथ र सिकाइले जन्माएको शब्दहो मेहन्त आफैमा धेरै महत्वपुर्ण छ । प्रिय मन“म एउटा मान्छे”हो र म र मेरो यात्रा नथाकिने मैदानमा छु । जिवनका हरेक दिनहरु संर्घषको यात्रामा थप मेहन्त र प्ररेणा दिने प्रिय मनप्रति अतुलनिय माया र समान्न छ । यहाँ सम्मको यात्रामा मलाई हौसला प्रदान गरिसाथ,सहयोग सुझाव,सल्लाह र थप प्रेरणा दिन प्रिय मनलाई सधै सिरोधार गरिरहने छु ।

जिवनमा कर्मले दिएका र समयले संकल्प गराएका प्रत्येक दिनहरु सिकाइ र भोगाइको संगम बनाइ रहेको छु । मेरो लागि यो बर्ष पनि साथ,सहयोग र प्रेरणाले अविस्मरणीय बनाएको छ , । केही खुसी,केही सिकाई र केही भोगाईलाई जिवन्त राख्ने अठोट गरेको छु ।

आमाको मायाले पोषण अभियानको पवित्र यात्रामा कहिले पनि नथाक्कने,नरोक्ने प्रतिबद्धता गरेको छु । जहाँ हरेक आमा र बालबालिको माया छ । म एउटा मान्छे जहाँ हजारौ सपनाहरु संग निरन्तर सार्थक सारथि बनी रहेको छु ।यहि सपनाहरु पुरा गर्न माया,साथ,हौसेला र प्ररेणाको आवश्यकता सधै महशुस गरिरहेने छु । त्यहीबाट सुन्दर जिन्दगी तस्विर देखिरहेको छु । नथाक्कने र नरोक्ने मेरा पैदलहरु हिजो जस्तै आजर भोली रहने छन । समाज रुपान्तरण र परिर्वतन त्यहीबाट सरु हुन्छ जब आफुले आफुलाई हरेक कदमको साँची तयार गर्छ ।आफु जस्तै लाग्छ।“साथर प्ररेणाले हरेक दिनका यादहरु जिवन्त रहने छन”जय पोषण ।

सेत बहादुर भुल, हाल कर्णाली प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार