युवा नेता थापा समाजसेवामा : विदेश बाट पनी पठाए सहयोग रकम

52
SHARES
288
VIEWS

टेक बहादुर थापा : अछाम घरभई हाल रोजगारीको लागि रोमनिया पुगेका युवाहरु समाजसेवमा जुटीरहेका छन । उहाहरु गाउँमा हुने हरेक शुभ अशुभ काममा विदेश बाट भएपनी सहयोग जुटाएर पठाउने गरेका छन ।

यस्तै अछाम जिल्लाको ढकारी गाउँपालिका वडा न ६ घरभई हाल रोमनियामा रहनु भएका का युवा नेता समाजसेवी परिवर्तन थापाको पहलमा रोमनियामा रहेका युवाहरुले सोही वडा निवासी नरे थापा र उनका छोरा प्रेम थापाको उपचारमा सहयोग रकम जुटाएका छन ।

बुवा घाँस काट्ने क्रममा गम्भिर घाइते हुनुभएको थियो भने छोराको रुखबाट खसेर हात भाचिएको थियो । विदेशमा रहेका युवाहरुको सकृयतामा थापाको दुई बाबु छोराको उपचारमा सयोग पुगोस भन्ने उदेश्यका साथ १४ हजार ४ सय ७१ रुपैया पठाएका हुन । घाइते थापाको उपचार सुर्खेतमा भईरहेको र घरको आर्थिक अवस्था कमजोर हुदा उपचार गर्न समस्या भोगीरहेका उनीहरुको उपचारमा सहयोग पुग्ने समाजसेवी थापाको विश्वाश छ ।

विदेशमा संकलित रकम स्थानीय समाजसेवी नृप बहादुर थापाको खातामा जम्मा गरिएको थापाले जानकारी दिनुभएको छ । यती मात्र होइन थापा विदेशमा रहदा पनि यस क्षेत्रमा हुने हरेक कार्यमा सकारात्मक सहयोग गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार