महाकाली मावि कुइकामा बालविवाह अन्त्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

13
SHARES
70
VIEWS

निराजन भण्डारी । कमलबजार नगरपालिका वडा नम्बर ५ मा रहेको महाकाली माध्यामिक विद्यालयमा बालविवाह अन्त्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।वडा कार्यालयको आयोजनामा भएको बालविवाह सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको अध्यक्षता ग्रहण वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले गर्नुभएको थियो ।कार्यक्रमका सहभागी अधिकांश व्यक्तिहरुले गरिबी अशिक्षा र चेतनाको कमिले बालविवाह हुने गरेको बताउँदै बालविवाह अन्त्य गर्न सम्पुर्ण सरोकारवाला सक्रिय र एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिमिल्सैनाले बालविवाहको अन्त्य गर्न विशेष गरी बालबालिका नै सक्रिय हुनुपर्ने बताउनुभएको छ । बाल विवाह पुराना परम्परागत संस्कृति र जातिय व्यबस्थासँग जोडिएको बताउँदै अध्यक्ष तिमिल्सैनाले सर्बप्रथम त्यस्ता संस्कृति र जातिय व्यवस्थालाई बदल्नुपर्ने बताउनुभयो ।

वडा सरकारले पनि बाल विवाह अन्त्यको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गदै आएको वडा अध्यक्ष तिमिल्सैनाले दाबी  गर्नुभयो ।यस्तै कार्यक्रममा बोल्दै अस्थाई प्रहरी पोष्ट गैरीटाँडका ईन्चार्ज प्रहरी सहायक निरिक्षक गिरीराम नेपालीले बालबिवाह गरेमा हुने कानुनी व्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । साथै उहाँले आफनो नजिकै कसैले बाल बिवाह गरेको पाइएमा स्थानीय सरकार र प्रहरीलाई जानकारी गराउन पनि अन्तरक्रिया कार्यक्रमका सहभागीलाई आग्रह गर्नुभयो ।कार्यक्रममा स्थानीय सरोकारवाला,जनप्रतिनिधि,विद्यलयका शिक्षक,विद्यार्थी सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार