टेक बहादुर थापा : मंगलसेन नगरपालिकाले २०८१ को ( एसइइ ) मा राम्रो नतिजा ल्याउने विद्यालयहरुलाई पुरस्कृत गर्नेभएको छ । नगरपालिकाको नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
एसइइ मा सबैभन्दा राम्रो नतिजा ल्याएर प्रथम हुने विद्यालयलाई १ लाख, दोस्रो हुने विद्यालयलाई ७५ हजार र तेस्रो स्थान हुने विद्यालयलाई ५० हजार दिएर पुरस्कृत गर्ने निर्णय भएको नगर शिक्षा समितिका संयोजक तथा नगर प्रमुख पदम बहादुर बोहराले बताउनुभयो । नगर प्रमुख बोहराले भन्नुभयो यो हाम्रो सुरुवात हो, आगामी वर्ष यसरी क्रमिक रुपमा नतिजा सुधार गर्दै जाने विद्यालयको अन्य सेवाहरु पनि थप्छौ ।
गत वर्षको चैत्र ७ गते बाट संचालन भएको ( एसइइ ) मा परिक्षा दिएका मध्य बाट सबैभन्दा बढी विद्यार्थि उतिर्ण गराई मंगलसेन नगरपालिका वडा न १३ को बाडामा रहेको यसोधरा माध्यामिक विद्यालय प्रथम भएको छ । उक्त विद्यालय बाट परिक्षा दिएका १५ जना मध्य १४ जना विद्यार्थि उतिर्ण भएका छन ।
यस्तै मंगलसेन ४ मा रहेको राधा मावि बोगटीगाउँ बाट कुल परिक्षा दिएका ३५ जना मध्यबाट २९ जना उतिर्ण गराउदै दोस्रो भएको छ भने षोडशा देवी माध्यामिक विद्यालय ८८ जना विद्यार्थि उतिर्ण गराउदै तेस्रो भएको छ । षोडशा बाट १ सय २९ जना विद्यार्थि परिक्षामा सामेल भएका थिए ।
यसैगरी मंगलसेन १२ मा रहेको पार्वति मावि चौथो, अन्नपूर्ण मावि कालागाँउ पाचौ, कालिका माध्यामिक विद्यालय बलडाडा छैटौ, मंगलसेन ६ मा रहेको गंगा माध्यामिक विद्यालय सातौ, शिशु सुधार माध्यामिक विद्यालय बस्ती आठौ, मंगला नेपाल राष्ट्रिय माध्यामिक विद्यालय ९ औ स्थानमा छ भने मंगलसेन १ मा रहेको कुन्ती मावि कुन्ती दशौ स्थान र मंगलसेन ७ मा रहेको जाल्पा मावि मुग्राचौर सबैभन्दा कम विद्यार्थि उतिर्ण गराई एघारौ स्थानमा रहेको नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले जानकारी दिनुभएको छ ।













Discussion about this post