मंगलसेनमा स्थानीयले गरे सडकमै राेपाईँ

15
SHARES
84
VIEWS

निराजन भण्डारी । अछामकाे मंगलसेन बजारका स्थानीयहरुले सडकमा रोपाइँ गरेका छन् । लामो समयसम्म सडक हिलाम्मे भएर आवतजावतमा समस्या हुँदा पनि सरोकारवाला पक्षले बनाउन चासो नदिएपछि स्थानीय बासीले मंगलबार सडकमा धान रोपेर विरोध जनाएका हुन् ।

मंगलसेनमा रहेकाे महालक्ष्मी बैंक,जय नेपाल चाेक हुदै अछाम बहुमुखी क्याम्पससम्म जाने सडक हिलाम्मे हुँदा स्थानीय नागरिकलाई पैदल हिड्न समेत असहज भएपछि हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको स्थानीय युवा बसन्तराज भाटले जानकारी दिनुभयो ।

बर्खायायमा हिलाम्मे र हिँउदमा धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको स्थानीयहरुले बताएका छन ।

सम्बन्धित ठाउँमा पटक पटक भन्दा पनि केही नलागेपछि हिलाम्मे सडकमा स्थानीयले धान रोपाइँ गरेर विरोध जनाएका हुन ।

यता मंगलसेन नगरपालिका  प्रमुख पदम बहादुर बाेहराले याे सडक पिच गर्न ठेक्का भइसकेकाे र निरन्तर काम भइरहेको बताउँदै निर्माणाधीन सडकमा केही सिमित व्यक्तिले गाईजात्रा देखाएको आराेप लगाउनुभएकाे छ ।

सामाजिक सञ्जालमा नगर प्रमुख बाेहराले यस्तो लेखेका छन
याँ गाउमा मान्छे र गोरु नपाएर वास्तविक खेत जग्गा बाझै छन, मान्छे गाउँघर खेत छाडेर सडकमा पो आईसकेका रहेछन । पिचको ठेक्का भई काम निरन्तर भैरहेको अवस्थामा रहेको निर्माणाधीन सडकमा के को गाईजात्रा ? भनेपछि नयाँ प्रविधिको विकास भैसकेको रहेछ । “खेतजग्गा बाँझो राख्ने सडकमा धान रोप्ने” भनेपछि मङ्गगलसेन नगरपालिका अव धानमा आत्मनिर्भर हुने निश्चित भयो । “कुटो समाई घरिनाले बाउरु धम्काएको”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार