मंगलसेन नगरपालिका वडा न १ मा निशुल्क आँखा शिविर सम्पन्न :६९ जनाले सेवा लिए

7
SHARES
38
VIEWS

टेक बहादुर थापा  : मंगलसेन नगरपालिका वडा न १ मा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघको आयोजना र मंगलसेन नगरपालिकाको सहजिकरणमा शिविर सम्पन्न भएको हो । शिविरमा ६९ जनाले निशुल्क सेवा लिएका छन । आफ्नै वडामा आँखा सम्बन्धि उपचार पाएपछी स्थानीय नागरिकहरु खुुसी भएका छन ।

नेपाल नेत्र ज्योती संघ अछामका अध्यक्ष शंकर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष लोकराज नाथ प्रमुख अतिथि रहनुभएको थियो भने कार्यपालिका सदस्य हंसा थापा राना र कुन्ती माविका प्रधानाध्यापक मदन बहादुर बोगटी विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रमको संचालन स्वास्थ्यचौकी ईन्चार्ज तेजराज नाथले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार