कुईकाका विपन्न तथा दलित समुदायका बालबालिकालाई लुगा कपडा वितरण

12
SHARES
65
VIEWS

निराजन भण्डारी – कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाका आर्थिक अवस्था कमजोर भएका विपन्न,अपांग,टुहुरा,दलित समुदायका बालबालिकालाई लुगा कपडा वितरण गरिएको छ ।

वडा कार्यालयले आर्थिक बर्ष २०८१/८२ काे लागि बिनियाेजन गरेको बजेट अनुसार वडाका करिब ५० जना बालबालिकालाई लुगा कपडा वितरण गरिएको हाे ।

आईतबार वडा कार्यालयलमा एक औपचारिक कार्यक्रमकाे आयाेजना गरी विपन्न,अपांग,टुहुरा,दलित बालबालिकालाई करिब ६५ हजार मुल्य बराबरका लुगा कपडा वितरण गरिएको वडा अध्यक्ष सत्यराज तिमिल्सेेैनाले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका विपन्न,अपांग,टुहुरा,दलित समुदायका बालबालिकालाई वडा सरकारले प्रत्येक बर्ष उचित बजेट बिनियाेजन
गरी उनीहरूकाे आवश्यकता अनुसार कार्यक्रम गर्दै आएकाे वडा अध्यक्ष तिमिल्सैनाले बताउनुभयो ।

स्थानीय सरकारले विपन्न तथा दलित समुदायलाई सम्बाेधन गर्ने गरी काम गरिरहेकाे विपन्न तथा दलित समुदायका बालबालिकाहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार