टेक बहादुर थापा : डेङगो रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम मंगलसेन ६ ठुलासैनमा सम्पन्न भएको छ । डेङगो रोग रोकथामका उपाय र यसबाट जोगीने उपायका बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा डेङगो रोग रोकथामका लागि अपनाउनुपर्ने सावधानी, वातावरणीय सरसफाई र डेङगो रोग लागीहाले अपनाउनुपर्ने सतर्कताको बारेमा जानकारी गराईएको थियो ।
बजार क्षेत्रमा डेङगो रोगको सक्रमण हुने सम्भावना बढी हुने भएकाले ठुलासैन बजार क्षेत्रमा बसोबास गर्ने व्यापारीहरुलाई कार्यक्रममा सहभागि गराई यसका बारेमा जानकारी गराईएको शहरी स्वास्थ्य केन्द्र ठुलासैनका अनमी अनिता भण्डारीले बताउनुभयो । वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्य समित सदस्य सेतीराम भण्डारी, समाजसेवी टंक प्रसाद भण्डारी लगायत ठुलासैनका स्थानीय व्यापारीको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण वडा सचिव तथा सिनियर अहेब कृष्ण प्रसाद जैशीले गर्नुभएको थियो ।













Discussion about this post