मृतक किशोरीका परीवारलाई अध्यक्ष बिसीको आर्थिक सहयोग

100
SHARES
558
VIEWS

टेक बहादुर थापा : तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले ढकारी ८ पल्साताकी मृतक सरस्वती खड्का र ईशरा खड्काका आफन्तलाई आर्थिक सहयोग गर्नुभएको छ ।

गत माघ ११ गते बीभत्स तरिकाले हत्या गरिएकी किशोरीका आफन्तको घाउमा मलहम लगाउन अध्यक्ष बिसीले मृतकको घरमै पुगेर ५० हजार आर्थिक सहयोग गर्नुभएको हो । १५ वर्षिय किशोरी सरस्वती खड्का र १४ वर्षिय ईशरा खड्काको सोही ठाउमा रहेको सामुदायिक वनमा ढकारीका दुईजना किशोरले बीभत्स तरीकाले हत्या गरेका थिए । दोसीलाई नेपालको प्रचलित कानुन बमोजिम कार्वाहीको माग गर्दै अध्यक्ष बिसीले सोकाकुल परिवारलाई समवेदना समेत दिनुभएको छ ।

मृतक किशोरीहरुको घरको आर्थिक अवस्था पनी कमजोर रहेको र घरका अरु बालबालिकाको लालनपालनमा सहजता ल्याउने उदेश्यका साथ रकम सहयोग गरिएको अध्यक्ष बिसीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार