टेक बहादुर थापा : मंगलसेन नगरपालिकाले नगर भित्रका विद्यालयको अनुगमन गर्ने कार्यलाई पुन तिब्रता दिएको छ विद्यालय समायोजन तथा दरबन्दी मिलान गर्ने उदेश्यका साथ पालिकाले नगरका सामुदायिक विद्यालयको अनुगमनलाई तिब्रता दिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले बताउनुभयो । अहिले पनि कतिपय विद्यालयमा आवश्यक्ता अनुसारको जनशक्ति र स्रोत साधन नभएको र केही विद्यालयमा आवश्यक्ता भन्दा बढी जनशक्ति पनि देखिएको हुदा स्रोत साधनलाई आवश्यक्ताको आधारमा विनियोजनगर्ने अर्को उदेश्य रहेको शाखा प्रमुख रावलको भनाई छ ।
नगर उप प्रमुख संगीता रावल सोडारीको नेतृत्वमा गठन भएको विद्यालय अनुगमन समितिले नगर भित्र रहेका ४२ वटा विद्यालय, ६० वटा बालविकास केन्द्र र ५ वटा सिकाइ केन्द्रको छड्के अनुगमन गर्ने भएको छ । रेडियो गाउँघरलाई छोटो प्रतिक्रिया दिदै शाखा प्रमुख रावलले भन्नुभयो यो अनुगमन अघिपछीको भन्दा फरक रहने छ यसले विद्यालयको वास्तविक अवस्था जे हो त्यही नगरपालिकाको शिक्षा समितीमा लिने छ त्यसैले यसपाली धेरै विद्यालय समायोजन र शिक्षकको दरबन्दी मिलान गरिने बताउनुभयो । अहिले पनि केही वडामा विद्यार्थि नभएका विद्यालय, बालविकास केन्द्र रहेकाले त्यस्ता विद्यालय समायोजन, शिक्षक र कार्यालय सहयोगी पनी सरुवा हुने उहाको भनाई छ ।
शुक्रबार पहिले दिन अनुगमन टोलीले मंगलसेन नगरपालिका वडा न ६ र ७ मा रहेका विद्यालयहरुको अनुगमन गरेको छ । वडा न ६ मा रहेको गंगा माध्यामिक विद्यालय तेसिंङ्गे, मालिका आधारभुत विद्यालय ठुलासैन र वडा न ७ मा रहेको जाल्पा मावि मुंग्राचौर तथा कालिका आधारभुत विद्यालय पैयाकोटको अनुगमन गरेको छ । अनुगमन गरिएका विद्यालयमा विद्यालयको भौतिक तथा शैक्षिक अवस्था, विद्यार्थिको संख्या, शिक्षकको उपस्थिति, सिकाई उपलब्धी, शिक्षकको पढाउने शैलिको बारेमा समेत अनुगमन गरेको छ । शिक्षा शाखा प्रमुख रावलले भन्नुभयो कक्षा कोठामा गएर शिक्षकले पढाएको कुरा विद्यार्थिले राम्रो संग बुझे नबुझेको कुरालाई विशेष जोड दिनुभएको छ । माध्यामिक विद्यालयमा विद्यार्थिको संख्या र सिकाई उपलब्धी सन्तोसजनक देखीएपनी आधारभुत विद्यालयमा भने दुबैकुरा कमजोर देखिएको अनुगमन समितिले निष्कर्ष निकालेको छ ।
अनुगमन टोलीमा उप प्रमुख संगीता रावल सोडारी, सामाजिक विकास समितिका संयोजक तथा वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावल, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा, शिक्षक महासंघका गणेश सोडारी लगायतको सहभागिता रहेको थियो ।













Discussion about this post