की जागीर हुदैन की जालो हुदैन : प्रशासकीय अधिकृत डाँगी

146
SHARES
813
VIEWS

टेक बहादुर थापा : मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले परिभाषित जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई संरक्षण गर्न नहुने बताउनुभएको छ । राज्यले तोकेको जिम्मेवारी पुरा गर्छु भनेर जागीर खाने तर दिएको जिम्मेवारी पुरानगर्ने कर्मचारीलाई संरक्षण गरेको खण्डमा राम्रो सन्देश नजाने बताउनुभयो । केही सुधार गर्न आफु मंगलसेन नगरपालिकामा आएको भन्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले परिभाषित जिम्मेवारी पुरानगर्ने कर्मचारी प्रति आफु निर्मम तरिकाले प्रस्तुत हुने चेतावनी समेत दिनुभएको छ ।

राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डीत गर्ने संस्कारको विकास नभए सम्म शिक्षक तथा कर्मचारीमा देखिएको मनपरीको अन्त्य नहुने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताउनुभयो । बिहीवार पालिकामा आयोजना गरिएको नगरका विद्यालयका प्रधानाध्यापकहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाले जालो हटाउछु भनेर जागीर खाने तर जालो पनी रहने, जागीर पनी रहने कुरा आफुलाई मान्य नहुने बताउनुभयो । जागीर खाएपछी राज्यले दिएको जिम्मेवारी कुशलता पुर्वक पालना गर्नुपर्ने उहाको भनाई छ ।

जब सम्म हामी आफ्नो जिम्मेवारी ईमान्दारीताका साथ पुरा गर्दैनौ तब सम्म उक्त क्षेत्रको सकारात्मक परिवर्तन सम्भव नहुने भएकाले यसतर्फ सचेत हुन आग्रह गर्नुभएको छ । हामी सबैको उदेश्य भनेको समृद्ध पालिका बनाउने हो यसमा आफ्नो कुनैपनी स्वार्थ छैन तर अहिलेका हाम्रा गतिविधिले हामीले लिएको लक्ष्य पुरा नहुने उहाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार