टेक बहादुर थापा : मंगलसेन नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका गर्न आफुहरु तयार रहेको तर नगरपालिकाले लगानी बढाउनुपर्नेमा जोड दिएका छन । नगरले शैक्षिक गुणस्तर खोज्ने तर सिमित स्रोत साधन मात्र दिने भएकाले अहिलेको लगानीले अपेक्षा गरे अनुसारको प्रतिफल दिन नसकिने बताएका छन । विद्यालयको अहिलेको परिणम बाट आफुहरु पनि सन्तुष्ट नरहेको बताउदै शिक्षकहरुले कतिपय कुराहरु चाहेर पनि गर्न नसकेको स्विकारेका छन ।
नगर भित्रका विद्यालयका प्रधानाध्यापकका लागि बिहिवार मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको (IEMIS) सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले नगर तथा अन्य सरोकारवालाले परिणाम विद्यालयका बाट राम्रो खोज्ने तर नगरबाट आवश्यक स्रोत साधन नदिदा शैक्षिक गुणस्तर बढाउन नसकेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा सहभागि अधिकांश प्रधानाध्यापकहरुले विद्यालयको आवश्यक्ताको आधारमा भवनको व्यवस्था हुनुपर्ने, आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन हुनुपर्ने, शिक्षकहरुलाई समय सुहाउदो तालीमको व्यवस्था गर्नुपर्ने, विद्यालयलाई प्रविधिमा हरेक विद्यालयका उच्च गतिको ईन्टरनेट हुनुपर्ने र विद्यालयलाई दिइने स्रोत बढाउनुपर्ने लगायतका मागहरु राखेका थिए । नगरले अहिले शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेट निकै कम भएकाले यसतर्फ नगरपालिकाले पुनरर्विचार गर्नुपर्ने माग गरेका थिए । कार्यक्रममा सहभागि अधिकांश प्रधानाध्यापकहरुले हामी पनी कही न कही चुकेका छौ, यसमा विद्यालयको मात्रै कमजोरी नभई यस संग सरोकार राख्ने सबै सरोकारवाला चुकेको बताएका छन ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहराले एक अर्कालाई दोस दिनुभन्दा पनि आफ्नो जिम्मेवारी पुरागर्न प्रधानाध्यापकलाई आग्रह गर्नुभएको छ । विद्यालय राम्रो बनाउने प्रमुख जिम्मेवारी भनेको प्रधानाध्यापककै भएकाले विद्यालयको वास्तविक अवस्था केहो यसको यथार्थ रिर्पाट ल्याउन अनुरोध गर्नुभयो । समय धेरै अघि बढी सकेको भन्दै नगर प्रमुख बोहराले आफुलाई समय अनुसार परिवर्तन गर्न शिक्षकहरुलाई सुझाव दिनुभएको छ । नगर संग पनि सिमित स्रोत साधन भएकाले आवश्यक स्रोत दिन नसकेको भन्दै उहाले राम्रो गरेमा अहिलको बजेटमा पुनरर्विचार गर्न सकिने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले आफ्नो परिभाषित जिम्मेवारी पुरा नगरि बाहाना बनाउने छुट कसैलाईपनी नभएको बताउनुभयो । आफु नगरका केही विद्यालयमा पुग्दा अवस्था सन्तोसजनक नदेखिएकाले थप मेहनत गर्न आग्रह गर्नुभएको छ । कतिपय विद्यालयका विद्यार्थिमा सामान्य ज्ञान पनी नभएको, विद्यालय परिसर सरसफाई नभएको, सामान्य कुराहरु पनी विद्यालयले गर्न नसकेको पाईएकाले आगामी दिनमा यस्ता कमजोरी देखिए आफुलाई मान्य नहुने बताउनुभयो ।
परिभाषित जिम्मेवारी पुरा नगर्ने शिक्षक कार्वाहीको भागेदार बन्न तयार हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत डाँगीको भनाई छ । कार्यक्रममा नगर भित्रका सबै सामुदायिक तथा निजि विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियो भने संचालन प्राविधिक सहायक दिपक भण्डारीले गर्नुभएको हो ।













Discussion about this post