निराजन भण्डारी । मंगलसेन नगरपालिका वडा ६ काे ठुलासेनमा एक दिने निशुल्क आँखा शिविरमा सम्पन्न भएको छ ।
मालिका आधारभुत बिद्यालयमा आज सञ्चालन भएको शिविरमा करिब १ सय ३३ जनाले सेवा लिएका छन ।
शिविरमा पुरुष र महिला गरी १७ जनामा मोतीविन्दुकाे समस्या देखिएपछि थप उपचारका लागि रिफर गरिएको नेपाल नेत्रज्योती संघ अछामका सभापति शंकर बहादुर रावलले जानकारी दिनुभएको छ ।
शिविरमा आँखाको मोतीविन्दुको निःशुल्क अप्रेशन लगायत आँखामा समस्या भएका व्यक्तिहरुको लागि उपचार सेवा प्रदान गरिएको थियो ।
मंगलसेन नगरपालिका र नेपाल नेत्रज्योती संघ अछामकाे आयाेजना तथा मंगलसेन नगरपालिका वडा नम्बर ६ र ७ काे समुनवयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा सहभागी भएका नागरिकले जिल्लामा सुविधा सम्पन्न आँखा उपचार केन्द्र स्थापना हुनुपर्ने बताएका थिए ।
शिविरकाे उद्घाटन मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बाेहराले गर्नुभएको थियो भने कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष देवेन्द्र भण्डारी,वडा नम्बर ७ का अध्यक्ष राज बहादुर शाही लगायतकाे सहभागीता रहेको थियोे ।













Discussion about this post