टेक बहादुर थापा : नेकपा एमाले रामारोशन गाउँपालिका कमिटीले पालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । पालिकाको समसामयिक विषयलाई लिएर पार्टीले पालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । पार्टीले समृद्ध पालिका निर्माणका लागि स्थानीय सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन गरेको बजेटको कार्यन्वयन प्रभावकारी ढंगले हुनुपर्ने, युवा, किसान र पर्यटन क्षेत्र संग जोडिएका विषयलाई प्रथामिकता दिएर काम गर्नुपर्ने विषयहरु समेटिएको छ ।
यस्तै पालिकाको शिक्षा, स्वास्थ्य, विकास निर्माण, स्थानीय स्रोत साधनको उपयोग, आर्थिक सुशासन, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कामदार छनौट निष्पक्ष ढंगले हुनुपर्ने, सबै वडमा फाईबर ईन्टरनेट पहुचको विस्तार गर्नुपर्ने लगायतका २९ बुदे ध्यानाकर्षण पत्र बुझाएको पार्टीका गाउँपालिका कमीटी अध्यक्ष भीष्म बहादुर साउदले बताउनुभयो । ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष मान बहादुर साउँद, उपाध्यक्ष सृजना बुढा र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले पार्टीले दिएको ध्यानाकर्षण पत्र प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सुझावहरुलाई कार्यन्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
पार्टीका प्रदेश कमीटी अध्यक्ष चक्र बहादुर रावलको नेतृत्वमा गएको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य भरत अयडी ,चक्र रावल ,पदम शाह पालिका कमिटी अध्यक्ष भीष्म बहादुर साउद पालिका कमिटी सचिव लाल बहादुर बटाला ,पालिका कमिटी सदस्य टेक भण्डारी ,भुवन बिष्ट लगायतको उपस्थितिमा थियो ।
Discussion about this post