टेक बहादुर थापा : मंगलसेन नगरपालिकाले दुई वर्षमा नगरका विभिन्न वडामा ८ वटा बृहत खानेपानी योजना सम्पन्न गरेको छ । खानेपानीको समस्या झेली रहेका स्थानीयलाई खानेपानीको पहुचमा पु¥याउन नगरले खानेपानीका योजना निर्माण गरेको हो । लामो समय देखी खानेपानीको समस्या झेली रहेका स्थानीयलाई नगरले पानी ल्याइदिदा स्थानीय नागरिकहरु खुसी भएका छन ।
मंगलसेन नगरपालिका र एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटासको आर्थिक सहयोग तथा रुडेक नेपालको प्राविधिक सहयोगमा नगरका वडा न १ जैधन टोल, वडा न ५ को भाडेगडा टोल, वडा न ६ को तेसिंगे, वडा न ७ को जनाली, वडा न १३ को बस्ती, वडा न १२ को बान्नातोली र वडा न ११ को जुपु बलडाडा गरि ८ वटा योजनाको निर्माण कार्य सम्पन्न गरि स्थानीयले खानेपानी खाईरहेका छन । निर्माण कार्य सम्पन्न भएका योजनामा नगरपालिका र एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटासको आर्थिक सहयोग रहेको छ भने रुडेक नेपालको प्राविधिक सहयोग रहेको छ ।
८ वटा योजना बाट ४८० घरधुरी लाभान्वित भएका रुडेक नेपालका टंक बहादुर बोहोराले जानकारी दिनुभएको छ । जस अन्तर्गत दुदुली जैधन खानेपानी योजना बाट ५५ घरधुरी, बागगडा डाडागाउँ जनाली खानेपानी योजना बाट ६७ घरधुरी, धारीगाड खानेपानी तथा सरसफाई योजना मंगलसेन १३ बस्तीमा ६० घरधुरी लाभान्वित भएका भएका मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले बताउनुभयो । यस्तै मंगलसेन ५ मा निर्माण गरिएको आरुमाटा भाडेगडा खानेपानी योजना बाट ४९, मंगलसेन ६ मा रहेको बोक्सडा भन्थान खानेपानी योजना बाट ९१, वडा न १२ को बान्नातोली बृकुमा निर्माण गरिएको पातलमुला खानेपानी योजना बाट ९९ घरधुरी र वडा न ११ को जुपुमा निर्माण गरिएको छडीखोला ठाना बलडाडा खानेपानी योजना बाट ५० घरधुरी लाभान्वित भएका नगर प्रमुख बोहराको भनाई छ ।
८ वटा योजनामा नगरपालिका र एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भाटासको गरि ५ करोड ९४ लाख ३८ हजार ८ सय ७६ रुपैयाको लगानीमा ८ वटा योजनाको निर्माण कार्य सम्पन्न भईसकेको नगर प्रमुख पदम बहादुर बोहराको भनाई छ । यी ४ सय ८० घरमा एक घर एक धारा रहेको छ ।
रेडियो गाउँघर संग कुराकानी गर्दै नगर प्रमुख बोहराले भन्नुभयो यो मैले चुनावको बेला जनता माझ गरेको प्रतिबद्धता थियो आज एकपछी अर्को गरि कार्यन्वयन हुदै गएको बताउनुभयो । यी टोलका नागरिकले आफु चुनावको प्रचारको क्रममा आफुलाई खानेपानीको व्यवस्था गरि दिनुपर्छ भनी माग गरेकाले हेल्भेटास र रुडेक नेपाल संगको साझेदारीमा ८ वटा बृहत खानेपानी योजना निर्माण गरिएको बताउनुभयो । नगरपालिकाको एक्लो प्रयासले यती धेरै योजनाको निर्माण कार्य सम्भव थिएन हेल्भेटास हाम्रो ठुलो सहयोगी भएर आएपछी दुई वर्षको अवधिमा ठुला ८ वटा योजना सम्पन्न भएको बताउनुभयो । सबैभन्दा धेरै खानेपानीको समस्या भएका वडा तथा टोलहरुको समस्या समाधान गरेका छौ अब अन्य वडामा पनि यो वर्ष दुई देखी ३ वटा योजना निर्माण गर्ने योजनाका साथ नगरपालिका लागीपरेको बताउनुभयो ।
हालै निर्माण कार्य सम्पन्न भएका मंगलसेन १२ बान्नातोली बृकुमा रहेको पातलमुल खानेपानी तथा सरसफाई योजना र वडा न ११ मा रहेको छडीखोला ठाना बलडाडा खानेपानी तथा सरसफाई योजनाको बिहिबार उद्घाटन गरिएको छ । यी टोलहरुको वर्षौ देखीको खानेपानीको समस्या समाधान भएको वडा न १२ का अध्यक्ष खगेन्द्र बहादुर रावलले बताउउनुभयो । वडा अध्यक्ष रावलका अनुसार मंगलसेन नगरपालिका उप प्रमुख संगीता सावल सोडारीले दुईवटै योजनाको उद्घाटन गर्नुभएको थियो । आफ्नो घरकै आगनमा पानीको धारा निर्माण भएपछी स्थानीय नागरिकहरु अहिले दंग छन ।
पानीकै अभावले सरसफाई राम्रो संग गर्न नपाउने स्थानीयहरु अहिले सरसफाई मात्र होईन आफ्नो घर वरिपरिको जग्गामा तरकारी खेती समेत गर्न थालेका छन ।
” केही दृश्य हरु ”
Discussion about this post