तुर्माखाँद द्धारा बजेट निर्माणका लागि सुझाब संकलन

32
SHARES
180
VIEWS

टेक बहादुर थापा : अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणका लागि सुझाब लिने कामलाई तीब्रता दिनुभएको छ । बजेटमा समेट्नु पर्ने विषयबस्तुबारे शुक्रबार पालिकामा रहेका राजनितिक दल, पुर्व जनप्रतिनिधि, शिक्षक, कर्मचारी,किसान, व्यापारी र युवा पदाधिकारी संग सुझाव माग गर्नुभएको हो । यसभन्दा अघिका बजेटको समिक्षा तथा सरोकारवालाको सुझाव संकलन नगरि बजेट विनियोजन गरिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेपछी गाउँपालिकाले सबै सरोकारवालाको राय संकलन गर्ने र आगामी आर्थिक वर्षको बजेट सोही ढंगले विनियोजन गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले बताउनुभयो ।

अध्यक्ष बिसीले भन्नुभयो गाउँपालिकाको विगतका वर्षको समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२÷८३ को निति तथा कार्यक्रम र बजेट कार्यक्रमको लागि सुझाव संकलन तथा अन्तरक्रिया गर्ने उदेश्यका साथ नै यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा निकै महत्वपूर्ण सुझाव आएकाले यसैका आधारमा आगामी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष बिसीले बजेटमा व्यवसायी सहित दूरदराजका सर्वसाधारणको पनि कुरा सुनिने बताउनुभएको छ । विभिन्न समस्याका बाबजुदपनी पालिकाले नागरिकका पक्षमा काम गरेको दाबी गर्दै अध्यक्ष बिसीले आगामी बजेट थप परिणाममुखी कसरी बनाउन सकिन्छ भन्ने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

आफ्नो कार्यकालको तिन वर्ष बढी विवादमै वितेको भन्दै अबका दुई वर्ष समृद्ध तुर्माखाद बनाउन केन्द्रित हुने र त्यसमा अन्य सरोकारवालाले पनी सहयोग गर्ने अपेक्षा गर्नुभएको छ । पालिकाकोे शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारका लागि पालिकाको स्रोत साधनले भ्याए सम्म बजेट विनियोजन हुने गरेको भन्दै उहाले गाउँमा जाने विकासे बजेटको सही सदुपयोग गर्न तर्फ ध्यान दिन सरोकारवालालाई आग्रह गर्नुभएको छ ।

स्थानीय सरकारलाई आउने बजेट वर्षेनी घटेर आउनु र प्रदेश र संघ बाट आउने बजेट आवश्यक्ताका आधारमा भन्दा पनी पहुच र कमिशनको आधारमा आउने गरेकाले यसले गुणस्तर दिगो विकासमा चुनौती थपिदिएको अध्यक्ष बिसीको भनाई छ । बजेट ल्याउने व्यक्तिले सार्वजनिक चासोका क्षेत्रमा बजेट ल्याउनुु भन्दा पनि आफु र आफ्नो वरिपरिका नागरिकलाई फाईदा हुनेगरि बजेट आउने गरेको भन्दै उहाले हाम्रा यस्ता गतिविधिले पालिकाका महत्वपुर्ण योजनाहरु ओझेलमा परेको बताउनुभयो ।

पालिका संग सिमित स्रोत साधन भएकाले अहिले पनि रहफलाई सडक संजाल संग जोड्न नसकीएको, पालिकाको खेल मैदान निर्माण गर्न नसकेको, केही नागरिकका समस्याहरु समाधान गर्न नसकेको भन्दै अबको बजेट समस्याको पहिचान गरेर मात्र विनियोजन गर्ने प्रतिबद्धता दोहो¥याउनु भएको छ । हामीले राजनितिक आस्था भन्दा माथि उठेर काम गर्ने हो भने अहिलेको बजेट बाट पनी राम्रो परिणम दिन सकिने अध्यक्ष बिसीको विश्वाश छ ।

कार्यक्रममा बोल्दै तुर्माखाँद गाउँपालिका निवर्तमान अध्यक्ष पुस्पराज शर्माले पालिकाको विकासका लागि आफु कहिलेपनी पछी नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । आफ्नो पहिलो कार्यकालमा धेरै कामको सुरुवात गरेको भन्दै निवर्तमान अध्यक्ष शर्माले समय र बजेटको अभावले कतिपय योजनाहरु सम्पन्न गर्न नसकेको बताउनुभयो । तुर्माखादको अहिलेको स्थानीय सरकार र यसका प्रमुखले मागेको सुझाव दिदै आएको र आगामी दिनमा आफ्नो आवश्यक्ता महसुस गरेको खण्डमा सधै साथ दिन आफु तयार रहेको उहाको भनाई छ । निवर्तमान अध्यक्ष शर्माले भन्नुभयो हामी सबैको उदेश्य समृद्ध पालिका बनाउने हो यसमा हामी कसैको दुईमत छैन तर पनि यो या त्यो कारण देखाउदै जनप्रतिनिधि विभाजित हुने गरेकाले आगामी दिनमा पालिकाको साझा सवालमा एकता देखाउन सुझाव दिनुभएको छ ।

अहिलेको स्थानीय सरकारले गरेका गतिविधिमा आफ्नो विमति नरहेको भन्दै उहाले केही कुरामा भने आलोचना सहितको विरोध रहेकाले यस्ता कुरालाई सुधार गरेर लैजान आग्रह गर्नुभएको छ । स्थानीय सरकारका कामकार्बाही राम्रा बनाउन स्थानीय नागरिकको पनि भुमिका रहने भएकाले एक सचेत नागरिकको भुमिका निर्वाह गरि पालिकामा हुने गलत कार्यको विरोध र राम्रा काममा समर्थन गरि जिम्मेवार नागरिकको कर्तव्य पुरा गर्न अनुरोध गर्नुभएको थियो । समिक्षा तथा सुझाव संकलन कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाले अबको बजेटले सबैलाइ समेट्नुपर्ने र पहुचका आधारमा भन्दा पनी आवश्यक्ता कहा हो त्यसको पहिचान गरेर बजेट विनियोजन गर्न माग गरेका थिए ।

यस भन्दा अघि नागरिकको आवश्यक्ता भन्दा हुनेखाने र बोल्नेहरुको क्षेत्रमा बजेट गएको देखिएको हुदा अब त्यसो नगर्न उनीहरुको माग थियो । कार्यक्रममा सहभागि शिक्षक तथा शिक्षकका अगुवा नेताहरुले शिक्षा क्षेत्रमा हाल देखिएका समस्याहरु कसरी समाधान गर्न सकिन्छ यस तर्फ स्थानीय सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका थिए । पालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्रथामिकता दिएको भएपनी समस्याहरु उस्तै रहेकाले यस तर्फ ध्यान दिन सुझाव दिएका थिए । अहिले पनि शिक्षकहरु माथि यो या त्यो ढंगबाट विभेद भईरहेकाले यस्ता गतिविधिमा सुधार गरेर लैजानुपर्ने शिक्षकहरुको जोड थियो ।

उक्त कार्यक्रममा सहभागि युवाहरुले युवा लक्षित कार्यक्रम संचालन हुनुपर्ने, खेलमैदान निर्माणका लागि तत्काल पलह गर्नुपर्ने र स्थानीय स्तरमा हुने विकास निर्माणका कामहरुमा युवालाई परिचालन गर्नुपर्नेमा जोड दिएका थिए । समिक्षा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले कार्यक्रमको उदेश्य सहित हाल सम्म पालिकामा भएका उपलब्धी सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य सामाजिक विकास समितिका संयोजक तथा वडा न ५ का अध्यक्ष महेन्द्र बहादुर शाहीले राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका नेता नवराज चलाउने, नेकपा एमालेका गोमती शाही, नेकपा माओवादी केन्द्रका मन बहादुर बयक, नेपाल कम्युनिष्ट पार्टीका निरक बहादुर शाही, ८ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य सहित पालिकामा रहेका समाजसेवी, बुद्धीजिबि, व्यापारी, युवा र किसानको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिबन न्यौपानले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार