मंगलसेन ३ मा महिला मानव अधिकार रक्षक संजाल गठन

13
SHARES
70
VIEWS

टेक बहादुर थापा : मंगलसेन नगरपालिका वडा न ३ मा मानव अधिकार रक्षक संजाल गठन गरिएको छ । गौरी बोगटी ९कलेल ० को अध्यक्षतामा ९ सदस्यीय संजाल गठन गरिएको हो । संजालको उपाध्यक्षमा गंगा साउद, सचिव धनकला साउद, कोषाध्यक्ष रेखा बोगटी सदस्य भागरथी विक, लक्ष्मी बोगटी लगायतका पदाधिकारी रहेका छन । महिला मानव अधिकार संरक्षक संजाल अछामको सहजिकरणमा संजाल गठन गरिएको वडा अध्यक्ष बृख बहादुर बोगटीले बताउनुभयो।

महिलाहरुको नेतृत्व, व्यक्तित्व विकास संगै उनीहरुलाई महिलाहरुको हक अधिकारका बारेमा वकाल गर्न सक्षम बनाउने उदेश्यका साथ संजाल गठन गरिएको वडा अध्यक्ष बोगटीको भनाई छ । सोही अवसरमा महिलाहरुको नेतृत्व विकास सम्बन्धि १ दिने अभिमुखीकरण समेत गराईएको थियो । वडा अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिक उप प्रमुख संगीता रावल सोडारी प्रमुख अतिथि रहनुभएको थियो ।

उप प्रमुख रावलले यो संजालले महिलाहरुको नेतृत्व, व्यक्तित्व विकास संगै उनीहरुको हक अधिकारका क्षेत्रमा समेत काम गर्नुपर्ने बताउनुभयो । अहिले पनि समुदायमा महिलाहरु माथि विभिन्न तरिकाले मानसिक, शारिरिक हिंसाहरु भईरहेकाले यस्ता हिंसाका विरुद्ध पनी एक जुट भई महिला बालबालिकाको मानव अधिकार हनन भएको खण्डमा बुलन्द तरिकाले आवाज उठान समेत आग्रह गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकी अधिकृत ज्ञानेन्द्र बहादुर डाँगी, मंगलसेन नगरपालिका पुर्व उप प्रमुख सरिता उपाध्याय, रामारोशन गाउँपालिका पुर्व उपाध्यक्ष सरस्वती रावल, रक्षक संजाल सदस्य एवं मानव अधिकार तथा शान्ती समाज जिल्ला उप सभापति गंगा कुँवर कार्यपालिका सदस्य भाना बिष्ट लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि महिलाहरुले स्थानीय सरकारले पनी महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा बलियो बनाउन आयआर्जनका कार्यक्रमहरु संचालन गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार