टेक बहादुर पाथा : मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले विद्यालयमा आउने सानातिना समस्या विद्यालय आफैले समाधान गर्नुपर्ने बताउनुभएको छ । थोरै लगानीमा हुने कतिपय कामहरु पनि विद्यालयले गर्न नसकेको भन्दै उहाले सबै कुरामा सरकारकै भर पर्न नहुने बताउनुभयो । विद्यालय प्रशासनले सहजै गर्न सक्ने कतिपय कामहरु विद्यालयले नगरिदिदा विद्यालयमा अध्यानगर्ने विद्यार्थिहरुले दुख पाईरहेकाले यस तर्फ विद्यालय प्रशासन गम्भिर हुनुपर्नेमा जोड दिनुभएको छ ।
बालविवाह अन्त्यका लागि बालबालिकाको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता कार्यक्रम लिएर नगरका विद्यालयमा जादा केही विद्यालयमा शौचालयको चुक्कुल नभएको, नेपाल सरकारले निशुल्क उपलब्ध गराउदै आएको सेनेटरी प्याड विद्यालयमा पर्याप्त मात्रामा नराखेको, कक्षा कोठामा डस्टर र झाडु नभएको, विद्यालयमा भएको स्रोत साधनको पनि उचित ढंगले प्रयोग नभएको पाईएकाले यस्ता समान्य कुराहरु गर्न विद्यालयले अर्काकै मुख ताक्न नहुने भन्दै जिम्मेवार प्रशासनको भुमिका निर्वाह गर्न सुझाव दिनुभएको छ ।
बिहिवार वडा न १४ को कालागाउँमा रहेको अन्नपूर्ण माध्यामिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै उप प्रमुख रावलले योे विद्यालयमा पनि यस्तै समस्या देखिएकाले यसतर्फ विद्यालय प्रशासन जिम्मेवार हुन सुझाव दिनुभएको छ । विद्यार्थि र अभिभावकलाइ दोस दिएर शिक्षक आफ्नो जिम्मेवारी बाट पन्छिन नमिले उप प्रमुख रावलको भनाई थियो ।
विद्यालयको कमजोरीले विद्यार्थिले दुख पाउने कुरा राम्रो नहुने भन्दै स्थानीय अभिभावकले पनी असल अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ । अन्नपूर्ण माविको खानेपानीको समस्या तत्कालका लागि समाधान गर्न आफ्नो घरको खानेपानीको पाईप लाईन समेत आफुले दिएको भन्दै उहाँले यसको दिगो समाधानको लागि पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
Discussion about this post