टेक बहादुर थापा : मंगलसेन नगरपालिका वडा न १४ मा रहेको अन्नपूर्ण माध्यामिक विद्यालयमा बालविवाह अन्त्यका लागि बालकालिकाको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा बालविवाह अन्त्यका लागि बालबालिकाको भुमिका विषयमा वक्तृत्वकला प्रतियोगिता गराईएको थियो । उक्त प्रतियोगितामा कक्षा ८ का छात्र प्रविण सोडारी प्रथम, एस के भण्डारी दोस्रो र स्मृति सोडारी तेस्रो भएका छन ।
प्रतियोगितामा प्रथम हुदै प्रविण सोडारी पालिका स्तरमा हुने बक्तृत्वकला प्रतियोगिताका लागी छनौट हुनु भएको छ । वडा अध्यक्ष शिव बहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै उप प्रमुख रावलले विद्यालयमा देखिएका समस्याहरु समाधानका लागि सबै सरोकारवालाले आ आफ्नो क्षेत्र बाट सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
स्थानीय सरोकारवालाले वेवास्ता गर्दा विद्यालयका कतिपय सानातिना समस्याहरु समाधान नभएको भन्दै उहाले सानो लगानीमा हुने कामहरु विद्यालय आफैले पनी गर्नुपर्नेमा जोड दिनुभएको छ । विद्यालयमा गरिएको अन्र्तक्रिया कार्यक्रममा सहभागि विद्यार्थिहरुले गरेका गुनासाहरु सम्बोधनका लागि विद्यालय प्रशासनले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।
विद्यालय प्रशासन गम्भिर नहुदा किशोरीहरुले सेनेटरी प्याड नपाएको, कक्षाकोठामा डस्टर र झाडु नभएको, विद्यालयमा राखिएका कम्प्युटर प्रयोगमा नआएको जस्ता गुनासाहरु राखेकाले यी समस्या विद्यालय आफैलेपनी समाधान गर्न सक्ने भएपनी पहल नगर्नु विद्यालय प्रशासनको कमजोरी रहेको उप प्रमुख रावलको भनाई छ ।
कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले विद्यालय राम्रो बनाउने प्रमुख जिम्मेवारी शिक्षकहरुकै भएको बताउनुभयो । जुन विद्यालयमा प्रधानाध्यापक र शिक्षकहरु विच समन्वय र सहकार्य राम्रो हुन्छ त्यस्ता विद्यालयहरुले राम्रै गुणस्तर दिएकाले यस तर्फ अग्रसर हुन सुझाव दिनुभएको छ । सिमित स्रोत साधनका बाबजुदपनी शिक्षकहरुले राम्रो काम गरेको भन्दै आगामी दिनमा थप मेहनत गर्न आग्रह गर्नुभएको थियो ।
शिक्षकहरुले आफ्नो विषयमा विद्यार्थिलाई अब्बल बनाउने हदै सम्मको प्रयास गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत डाँगीको भनाई छ । आफु आवद्ध संस्थालाई नमुना बनाउन लाग्ने हो भने स्रोतको कमी नहुने भन्दै हामीले आटे सबै कुरा सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा वडा न ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहोरा, वडा सदस्य हंशकाल रेग्मी, स्वास्थ्यकर्मी पदम बहादुर सोडारी, अभिभावक चक्र प्रसाद भण्डारी, प्राविधिक अनिल सोडारी लगायत शिक्षक र विद्यार्थिको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद भण्डारीको स्वागत मन्तव्य राख्दै विद्यार्थिहरुले राखेका जिज्ञासाको जवाफ दिनुभएको थियो । कार्यक्रमको संचालन शिक्षक गणेश सोडारीले गर्नुभएको शिक्षक वेदराज रेग्मीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा सहभागि विद्यार्थिहरुले विद्यालयमा आफुहरुले भोगी रहेका समस्याका बारेमा जानकारी गराउनुका साथै शिक्षकहरुको कमजोरी समेत औल्याएका थिए ।













Discussion about this post