टेक बहादुर थापा : मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जसको कारणले नागरिक दुख पाउछ उसैले त्यसको क्षतिपुर्ति तिर्नुपर्ने विधि निर्माण गरि अघि बढ्नुपर्ने बताउनुभएको छ । नगरपालिकामा कतिपय जनप्रतिनिधि र कर्मचारीको कारण नागरिकले दुख मात्र नभई क्षति समेत व्यहोर्नु परेकाले आगामी दिनमा जसको कारणले सेवाग्राहीले दुख पाएको हो उसलै त्यसको जिम्मेवारी लिनुपर्ने र त्यसका लागि विधि निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
कतिपय संस्था र संस्थाको नेतृत्व गरिरहेका व्यक्तिका कारण नागरिकले अहिले पनि दुख पाईरहेकाले यो नियन्त्रणका लागि विधि निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । जिम्मेवार व्यक्तिको सानो लापरबाहीले सेवाग्राहीले ठुलो क्षति व्यहोर्नुपरे त्यसबाट हुन गएको सबै क्षति स्वयम व्यक्ति र संस्थाको हुने उहाको भनाई छ । मंगलसेन १० मा आयोजना गरिएको एक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले यो नियम पालिका भित्र रहेका सबै संस्थाहरु संग लागुहुने बताउनुभयो । गाउँघरमा रहेका सर्वसाधारण नागरिकलाई धेरै कुराहरुको बारेमा जानकारी नहुने भएकाले उनीहरुलाई बुझाउने र प्रकृयामा आउन सुझाव दिने काम जिम्मेवार संस्थामा बसेका जिम्मेवार व्यक्तिको रहने उहाँको भनाई छ ।
हामी जसले जुन ठाउको जिम्मेवारी लिएका छौ परिभाषित क्षेत्रको जिम्मेवारी ईमान्दारीताका साथ पुरा गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत डाँगीले भन्नुभयो, मेरो कारणले कोही नागरिकले क्षति व्यहोर्नु परेको छ भने त्यसको क्षतिपूर्ति तिर्न आफु तयार रहेको तर अरु कर्मचारी, जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी विद्यालय सबैले यसको जिम्मेवारी लिन तयार हुनुपर्ने भनाई राख्नुभयो । सेवा लिन आउदा सेवाग्राहीको आवश्यक कागजातहरु सबै मिले नमिलेको हेर्ने आफ्नो जिम्मेवारी भएकाले नमिलेको भए मिलाएर आउन अनुरोध गर्दा त्यसलाई हाकीमले कडाई ग¥यो भन्न नमिल्ने बताउनुभयो । राज्यको सेवा सुविधा लिने तर दिएको जिम्मेवारी पुरा नगर्ने कसैलाई पनि छुट नहुने प्रमुख प्रशासकीय अधिकृत डाँगीको भनाई छ ।













Discussion about this post