बालविवाह सम्बन्धि अन्तरक्रिया कालिका मावि जुपुमा सकीयो

11
SHARES
63
VIEWS

टेक बहादुर थापा : मंगलसेन नगरपालिका वडा न ११ मा रहेको कालिका माध्यामिक विद्यालय जुपुमा अध्यानरत विद्यार्थि, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुले बालविवाहका विरुद्ध अभियान संचालन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । मंगलबार विद्यालयमा भएको बालविवाह अन्त्यका लागि बालबालिकाको भुमिका विषयक अन्तरक्रिया तथा बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा सहभागि सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन ।

अहिले समुदायमा खुला रुपमा बालविवाह भईरहेकाले आगामी दिनमा यस्ता गैरकानुनी कार्य रोकथाम गर्न आ आफ्नो क्षेत्र बाट सहयोग गर्ने बताएका थिए । बालविवाह भनेको समाज विकासको बाधक भएकाले यस्ता कुरीतिका विरुद्ध आवाज उठाउनु हरेक नागरिकको दायीत्व भएको भन्दै यसका लागि विद्यालयमा पनि विद्यार्थिहरुलाई जागरुक बनाउने कुरामा जोड दिने शिक्षक तथा अभिभावकहरुले बताएका छन ।

अहिलेको परिवेशमा यो कार्यक्रम निकै महत्वपूर्ण रहेको हुदा यस्ता सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिन नगरपालिकालाई सुझाव समेत दिएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगर उप प्रमुख संगीता रावल सोडारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उप प्रमुख रावलले बालविवाह जस्ता सामाजिक कुरीतिको अन्त्य गर्ने जिम्मेवारी स्थानीय सरकारको मात्र नभई सबैको भएकाले यसमा सबै नगरबासीले साथ दिनुपर्ने बताउनुभयो ।

जुन कुराले हामी र हाम्रो समुदायलाई असर गरिरहेको छ यस्ता कुराको अन्त्य गर्न हामी सबैको ऐक्यबद्धता हुन आवश्यक रहेको उप प्रमुख रावलको भनाई छ । पछिल्लो समयमा विद्यालयले सकारात्मक कुराहरु अघि बढाएकाले शैक्षिक गुणस्तका क्षेत्रमा थप मेहनत गर्न सुझाव दिनुभएको छ । आज सबै दोसी शिक्षकलाई मात्र दिनुभन्दा पनि अभिभावकहरुले पनी विद्यालयको बेला बखतमा रेखदेख गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको आशन बाट बोल्दै प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले अब परिणम देखीने गरि काम गर्नुपर्नेमा जोड दिनुभएको छ । जुन ठाउमा परिणम देखिदैन त्यस्तो ठाउमा लगानी गरेको अर्थ नरहने भन्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले विद्यालयको शैक्षिक गुणस्तर बढाउन विद्यालय प्रशासनले थप मेहनत गर्नुपर्ने बताउनुभएको छ । विद्यार्थिको सिकाई उपलब्धी अपेक्षाकृत नभएको पाईएकाले आगामी दिनमा थप सुधार गरेर लैजान सुझाव दिनुभएको थियो ।

यसको प्रमुख जिम्मेवारी विद्यालय प्रशासनको भएकाले प्रधानाध्यापकले विद्यालयको सबै जिम्मेवारी लिनुपर्ने र परिणम नदिने शिक्षकलाई कार्बाही गर्न डराउन नहुने बताउनुभयो । विद्यालयमा केही शिक्षकहरुको कमजोरी समेत देखिएकाले कमजोरी सुधार नगर्ने शिक्षक सजायको भागेदार हुने चेतावनी समेत दिनुभएको छ । कार्यक्रममा बोल्दै वडा न ११ का अध्यक्ष नर बहादुर भण्डारीले नगरपालिकाले संचालन गरेको यो कार्यक्रम निकै प्रभावकारी भएकाले यस्ता कार्यक्रमहरुलाई थप निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

आज समुदायमा जतिपनी बिहे भएका छन अधिकांश बालविवाह भईरहेकाले यस्ता समस्याहरु समाधान गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । जब सम्म हामी एक भएर अघि बढ्न सक्दैनौ तब सम्म यस्ता विकृतिको अन्त्य हुन नसक्ने बताउनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर रावलले अब विद्यालय स्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता दोहो¥याउनु भएको थियो ।

बालविवाह गरेको खण्डमा कस्तो खालको समस्या हुन्छ भन्ने कुरामा आफु भुक्तभोगी भएको भन्दै अध्यक्ष रावलले यस्ता सामाजिक समस्यालाई अन्त्य गर्न जुटनुपर्ने बताउनुभयो । यसका लागि बालबालिका खरो रुपमा उत्रनुपर्ने अध्यक्ष रावलको भनाई छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर शाहले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउदै सिमित स्रोत साधनका बाबजुदपनी विद्यालयले राम्रो गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

अहिले पनि विद्यालयमा उचित किसिमको खेलमैेदान नभएको, ल्याब सामाग्रीको अभाव भएको, आर्थिक अभावले चट्याङले क्षती गरेका उपकरण मर्मत गर्न नसकेको जस्ता समस्याहरु दर्शाउनु भएको थियो भने विद्यालयमा भएका सकारात्मक कुराहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

प्रतियोगितामा सन्ध्या परियार प्रथम हुदै पालिका स्तरमा हुने बक्तृत्वकला प्रतियोगिताका लागि छनौट हुनु भएको छ भने बिरेन्द्र रावल दोस्र र स्वास्तीका भण्डारी तेस्रो हुनु भएको थियो । कार्यक्रमकोे संचालन विद्यालयका शिक्षक रवीन्द्र बिष्टले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार