टेक बहादुर थापा : बालविवाह अन्त्यका लागि बालबालिकाको भुमिका विषयक अन्र्तक्रिया तथा बक्तृत्वकला प्रतियोगिता कार्यक्रम मंगलसेन ४ मा रहेको राधामावि बोगटीगाउँमा सम्पन्न भएको छ । वडा अध्यक्ष नाम सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उप प्रमुख रावलले बालविवाह अन्त्यका लागि बालबालिकाहरुले समुदायमा अभियान नै संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पछिल्लो समयमा बालबालिकाहरु विभिन्न बाहाना बनाई आफै बालविवाह गरिरहेकाले अब यसरी बालविवाह गर्ने र गराउनेका विरुद्ध आवाज उठाउन आग्रह गर्नुभएको छ । गाउँ गाउँमा सचेतनामुलक कार्यक्रमहरु लिएर चेतना फैलाउने देखी खबदारी गर्न सुझाव दिनुभभयो । मंगलसेन नगरपालिकाले यो अभियानलाई विषेश प्राथामिकता दिएको हुदा बालबिलाक हरुले यसका विरुद्ध संचालन गरेको अभियानमा आफ्नो तर्फबाट साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भएको थियो । अब गाउँमा कोही कसैले बालविवाह गरेको खण्डमा सम्बन्धित निकायमा उजुरी दिन उप प्रमुख रावलले आग्रह गर्नुभएको छ ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै वडा न ४ का अध्यक्ष नाम सिंह धामीले वडा स्तरमा पनि बाल संजाल गठन गरि अब यस्ता कुरीतिका विरुद्ध परिचालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । बालविवाह जस्तो आपराधिक कार्य रोक्नु हामी सबैको जिम्मेवारी रहेको भन्दै अध्यक्ष धामीले यसका लागि वडा समिति बाट आवश्क बजेटको समेत व्यवस्थापन गरि आगामी वर्षमा विशेष अभियान संचालन गरिने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक भिम बहादुर विकले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउदै देखिएका कमजोरीहरु सुधार गरेर लैजाने बताउनुभयो । बालविवाह विद्यालय पढ्ने उमेर समुहका किशोर किशोरीहरुले बढी गर्ने भएकाले कक्षा कोठामा पनि बालविवाह गरेको खण्डमा हुने असरका बारेमा जानकारी गराउने गरेको बताउनुभयो ।
अन्र्तक्रिया तथा बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा सहभागि विद्यार्थिहरुले विद्यालयमा आफुले भोगी रहेको समस्या, सकारात्मक कुराहरु र सुधार गर्नुपर्ने क्षेत्रका बारेमा आफ्नो जिज्ञासा राखेका थिए । प्रतियोगितामा अरोही शाह प्रथम, प्रतिज्ञा शाह दोस्रो र सम्झना परियार तेस्रो भएका छन । रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले सहजिकरण गर्नुभएको कार्यक्रको संचालन विद्यालयका सहायक प्रधानाध्यापक एकेन्द्र बहादुर विकले गर्नुभएको थियो ।













Discussion about this post