कमलबजार ५ का ४ जना नागरिकलाई जस्तापाता वितरण

18
SHARES
98
VIEWS

निराजन भण्डारी । कमलबजार नगरपालिका वडा नम्बर ५  कुईकाका ४ जना वडावासीहरुलाई जस्तापाता वितरण गरिएको छ । गत जेठ १८ गते आएको भिषण हावाहुरीले स्थानीय समुन्द्र भण्डारी,भरत भण्डारी,सिंहरुप ढोली,लक्ष्मी बिकको घरमा लगाएको जस्तापाता उडाएको थियो ।वडा नम्बर ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाको पहल तथा समुन्वयमा कमलबजार नगरपालिकाको आर्थिक सहयोगमा उनीहरुलाई जस्तापाता वितरण गरिएको हो ।

शनिबार नगरपालिकाका उपप्रमुख शारदा बिष्ट कुँवर नेतृत्वको टोलीले अनुगमन गरी क्षतिको विवरण संकलन गरेको थियो । क्षतिको विवरण अनुसार पिडित ४ जनालाई करिब ८४ वटा जस्तापाता वितरण गरिएको वडा अध्यक्ष तिमिल्सैनाले जानकारी दिनुभएको छ । हावाहुरीले जस्तापाता उडाएर बिचल्लिमा परेका नागरिकले जस्तापाता पाउँदा निकै खुशी व्यक्त गरेका थिए ।

राहत पाउने नागरिकहरु
समुन्द्र भण्डारी ९ फिटे ३२ पाता,
भरत भण्डारी ९ फिटे २० पाता,
सिंहरुप ढोली ९ फिटे २० पाता र
लक्ष्मी बि क ८ फिटे १२ पाता प्लेन पाता र किला

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार