विद्यालय राम्रो बनाउन विद्यालय प्रशासन नै जिम्मेवार हुनुपर्छ : उप प्रमुख रावल

27
SHARES
150
VIEWS

टेक बहादुर थापा  : मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले सामुदायिक विद्यालयको समग्र विकासका लागि विद्यालय प्रशासन नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । आज सामुदायिक विद्यालय प्रति अभिभावक तथा सरोकारवालाको हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै उनीहरुलाइ सकारात्मक बनाउने प्रमुख भुमिका नै विद्यालय प्रशासनको हुने बताउनुभयो । जुन विद्यालयमा प्रधानाध्यापक सहित शिक्षकहरुको एकता हुन्छ त्यो विद्यालयमा शैक्षिक गुणस्तर संगै भौतिक संरचना पनि राम्रो रहेको भन्दै विद्यालयलाई राम्रो बनाउने कुरामा कसैले पनी फरक मत राख्न नहुने उप प्रमुख रावलको भनाई छ ।

विद्यालय राम्रो बनाउने कुरामा सबैभन्दा बढी जिम्मेवार प्रधानाध्यापक हुनुपर्ने र प्रधानाध्यापकले संचालन गरेका राम्रा कार्यमा शिक्षक तथा अन्य सरोकारवालाहरुले पनि साथ दिनुपर्ने उहाको भनाई थियो । नगरका अधिकांश विद्यालयहरुको भौतिक संरचना गतिलो नभएको भन्दै उप प्रमुख रावलले संचरना निर्माण गर्दा विद्यालय प्रशासनले ध्यान नदिदा कतिपय भवनहरु जिर्ण हुदै गएकाले अहिले पनि भवनकै माग बढी उठ्ने गरेको बताउनुभयो । शैक्षिक गुणस्तरका क्षेत्रमा पार्वति माविले पछील्लो समयमा केही सकारात्मक गतिविधि अगाडी बढाएकाले यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

मंगलसेन नगरपालिका वडा न १२ मा रहेको पार्वती माध्यामिक विद्यालयमा आयोजना गरिएको बालविवाह अन्त्यका लागि बालबालिको भूमिका विषयक अन्र्तक्रिया तथा बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै उप प्रमुख रावलले हाम्रो समुदायमा समस्याकै रुपमा रहेको बालविवाह अन्त्यका लागि अभियान नै संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । बालविवाह हाम्रो समृद्धिको बाधक भएकाले यस्ता कुरीति हटाउन बालबालिकाहरु नै बढी अग्रसर हुन आवश्यक रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न १२ का अध्यक्ष खकेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले अहिले जुन ठाउमा पनी गुणस्तरको कुरा उठ्ने गरेकाले शैक्षिक गुणस्तरका लागि विद्यालय प्रशासन जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । विद्यालयमा अहिले पनि केही सुधार गर्नुपर्ने ठाउ देखिएकाले त्यस्ता कुरामा सुधार ल्याई विद्यालयको टिम राम्रो गर्न तर्फ केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।

विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर रावलले वडामा हुने बालविवाह अनत्यका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । अहिले बालबिलाकाको आफ्नै कारणले बालविवाह बढेको बताउदै पुर्व अध्यक्ष रावलले वडा तहमा गठित बालक्लव बढी सकृय हुन आवश्यक रहेको बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाले विद्यालयमा देखिएको खानेपानीको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ । विगत लामो समय देखि विद्यालयमा खानेपानीको समस्या रहेको र यो समस्या समाधान गर्नतर्फ आफुहरु लागीपरेको रावलको भनाई थियो ।

कार्यक्रममा सहभागि विद्यार्थिहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुदै विद्यालयका प्रधानाध्यापक ललितराज नाथले विद्यालय प्रशासनले सम्बोधन गर्न सकिने समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाउदै विद्यालयको ठुलो समस्या समाधानका लागि नगरपालिकाले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । विद्यालयमा भौतिक संरचना गतिलो नहुदा समस्या भएकाले यसतर्फ स्थानीय सरकारले आवश्यक बजेटको व्यवस्थान गरिदिन आग्रह गर्नुभएको थियो । आफ्नो एउटै लक्ष्य भनेको विद्यालय राम्रो बनाउने रहेकाले आफ्नो टीम सोही अनुसार जुटीरहेको प्रधानाध्यापक नाथको भनाई छ ।

कार्यक्रमको समापन गर्दैै वडा अध्यक्ष खगेन्द्र बहादुर रावलले बालविवाह जस्ता सामाजिक समस्या समाधानका लागि सामाजिक एकताको खाचो हुने बताउनुभयो । यस्ता कुरीतिको अन्त्य गर्न सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भएकाले यस्ता कार्यमा सबैले हातेमालो गर्नुपर्नेमा जोडदिनुभयो । स्थानीय सरकारले आफ्नो स्रोत साधनले भ्याए सम्म विद्यालयमा लगानी गर्दै आएकाले त्यस अनुसारको परिणम दिन विद्यालय प्रशासन तयार हुनुपर्ने अध्यक्ष रावलको भनाई थियो ।

विद्यालयका १० जना विद्यार्थि विच भएको प्रतिस्पर्धामा विद्यार्थि भुपेन्द्र शाही प्रथम हुदै पालिका स्तरमा हुने कार्यक्रमका लागि छनौट हुनुभएको छ । विद्यालयका शिक्षक प्रकाश हुड्केले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक गणेश भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार