अछाम सुनाचादी व्यावसायी संघद्धारा : प्र.जि.अ.लाई ज्ञापनपत्र

19
SHARES
106
VIEWS

टेक बहादुर थापा : सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा–पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० खारेज गर्न माग गर्दै देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त आह्वानमा देशभरका व्यवसायीहरू बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

यसमा अछाम जिल्लास्थित सुनचाँदी व्यवसायीका संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् । शुक्रबार अछाम जिल्लाका विभिन्न बजारमा व्यवसाय गर्दै आएका सुनचादी व्यवसायीले पसल नै बन्द गरेर आन्दोलन गरेका छन् । व्यवसायीहरूले अछामका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण समेत गराएका संघले जनाएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुलाई ज्ञापनपत्र बुझाउदै अछाम सुनाचादी व्यावसायी संघका अध्यक्ष चक्र बहादुर सुनारले सरकारले आफ्ना मागमा गम्भिरता नदेखाए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गर्ने चेतावनी दिनुभएको छ । अछाम जिल्लाभरका सुनचादी व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय अछाममा धर्ना दिएर ज्ञापनपत्र बुझाएका अछाम सुनाचादी व्यावसायी संघका सदस्य गोवीन्द सोबले जानकारी दिनुभएको छ ।

सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहूमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने उनीहरूको माग छ । यसैगरी सुनमा लगाइएको भन्सार दर पनि १० प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झार्नुपर्ने उनीहरूको माग छ । सुनचाँदीको कारोबारका लागि प्रस्ट नीति–नियमावली निर्माण गर्नुपर्ने व्यवसायीले माग गरेका छन् ।

उपभोक्ता, कर्मचारी, कालीगड तथा व्यवसायीमैत्री ऐन जारी गर्नुपर्ने पनि व्यवसायीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार