टेक बहादुर थापा : मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले सामाजिक समस्याकै रुपमा रहेको बालविवाह अन्त्यका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । अहिले पनि समुदायमा विभिन्न बाहानामा बालविवाह गर्ने र गराउने गलत कार्य भईरहेकाले यसका लागि समुदायमा रहेका सबै सचेत नागरिकले आवाज उठाउनुपर्ने बताउनुभयो । गाउँघरमा बालविवाह भएपनी त्यसलाई ढाकछोप गर्ने गलत परम्पराको विकास भएकाले अब यसका विरुद्ध हरेक नागरिक बोल्नुपर्नेमा जोड दिनुभएको छ ।
मंगलसेन नगरपालिका वडा न ६ मा रहेको गंगा माध्यामिक विद्यालयमा आयोजना गरिएको बालविवाह अन्त्यका लागि बालबालिकाको भुमिका विषय बक्तृत्वकला तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै उप प्रमुख रावलले जब सम्म हामी बालविवाह गर्ने र गराउनेका विरुद्ध बोल्दैनौ तबसम्म समस्या यस्तै रहने बताउनुभयो । बालविवाहले समाजमा थुप्रै किसिमको समस्या ल्याउने भएपनी जानीजानी कतिपय किशोर किशोरीले उमेरै नपुगी विहे गर्ने गरेको उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक तथा वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीले गंगा माध्यामिक विद्यालयका विद्यार्थिहरुको प्रस्तुती देखेर आफु निकै प्रभावित भएको बताउनुभयो । छोटो समयका बाबजुद पनि विद्यार्थिहरुले बालविवाहका विरुद्ध उत्कृष्ट प्रस्तुती राखेको भन्दै खुसी व्यक्तगर्नुभएको छ । बोलेर भन्दा पनि अब हामीले व्यवहारमा यस्ता कुराहरु लागु गर्नुुपर्ने बताउदै अध्यक्ष बोगटीले यस्ता कुरितिका विरुद्ध सबैले आवाज उठाउन आवश्यक रहेको बताउनुभयो । विद्यालयमा देखीएका कतिपय समस्याहरु समाधान गर्नका लागि आफु नगरपालिकामा प्रमुख सवालको रुपमा उठान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
वडा न ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले बालविवाह अन्त्यका लागि वडा समितिले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरेको दाबी गर्नुभएको छ । आफु स्वयम आफ्नो वडा बाट बालविवाह गरेर गएका किशोरीलाई फर्काउने देखी प्रहरी समक्ष जानकारी गराउने काम समेत गरेका जानकारी गराउनु भएको थियो । यस्ता गलत कार्यको सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भएकाले स्थानीय सरोकारवालाले पनि साथ दिनुपर्ने अध्यक्ष भण्डारीको भनाई छ ।
बालविवाह अन्त्यका लागि बालबालिकाको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा विद्यालयका ६ जना विद्यार्थिले भाग लिएका थिए । जसमा महेन्द्र भण्डारी प्रथम, प्रेम प्रसाद भण्डारी दोस्रो र जागृती खत्री तेस्रो भएका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कक्षा ८ का विद्यार्थि महेन्द्र भण्डारीले बालविवाह अन्त्यका लागि आफ्नो क्षेत्र बाट पहल गर्ने र स्थानीय सरकारले पनि विशेष अभियान संचालन गर्न आवश्यक रहेको बताउनुभयो ।
विद्यालयका निमित्त प्रधानाध्यापक महादेव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थि र जनप्रतिनिधि विच अन्र्तक्रिया समेत गराईएको थियो । सो कार्यक्रममा विद्यार्थिहरुले विद्यालय क्षेत्रमा देखिएका समस्या, आफुहरुले भोग्नु परेको अफ्ठेरोका बारेमा अतिथिहरुको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा विद्यालयका शिक्षकहरु बिक्रम सिंह बिष्ट, राजेश्वर भण्डारी, युवराज मल्ल, धिरेन्द्र ढकाल, लोकराज भण्डारी, दिलमाया भण्डारी लगायतको सहभागिता रहेको थियो ।
रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले सहजिकरण गर्नुभएको कार्यक्रमको संचालन शिक्षक कुलानन्द भण्डारीले गर्नुभएको हो । यस्तै शुक्रबार मंगलसेन नगरपालिका वडा न १२ मा रहेको पार्वति माध्यामिक विद्यालयमा कार्यक्रमको आयोजना गरिने नगरपालिकाले जनाएको छ ।













Discussion about this post