टेक बहादुर थापा : मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले बालविवाह अन्त्यका लागि बालबालिका नै अग्रसर हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय घर परिवारको दाबाब भन्दा पनि देखासिकीको आधारमा बालविवाह भईरहेको भन्दै बोहराले बालबालिका नै यसका लागि अग्रसर हुन आवश्यक रहेको बताउनुभयो । समुदायमा बालविवाहले विकराल रुप लिन थालेकोकमा चिन्ता व्यक्त गर्दै नगर प्रमुख बोहराले यसले हाम्रो विकासमा धेरै ठुलो बाधा सृजना गरिरहेको बताउनुभयो । मंगलसेन १ मा रहेका कुन्ती माध्यामिक विद्यालयमा आयोजना गरिएको बालविवाह अन्त्यका लागि बालबालिकाको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले पछिल्लो समयमा सामाजिक संजालको गलत प्रयोग, साथीभाइ संगको गलत संगतका कारण बालबालिकाले उमेरै नपुगी बिहे गर्ने गलत संस्कारको विकास भएको बताउनुभयो । यस्ता गलत संस्कारको अन्त्य गर्ने जिम्मेवारी हामी सबैको भएपनी बालकालिकाहरु अझ बढि सचेत हुनुपर्ने उहाको जोड थियो । आजको युग भनेको विज्ञान प्रविधिको युग भएकाले हामी समय परिवेश अनुसार चल्नुपर्ने बताउनुभयो । हिजो कुनै समयमा घर भित्रको काम गरे पुगीहाल्थ्यो, अहिले समय त्यो नरहेकाले समय हामी अनुसार नचल्ने भन्दै समय अनुसार हामी चल्न आवश्यक रहेको नगर प्रमुख बोहराको भनाई छ ।
नगरका सामाजिक विकास समितिका संयोजक तथा वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीले विद्यालयका विद्यार्थिहरुले उठाएका सवालमा विद्यालय प्रशासन गम्भिर हुनुपर्ने बताउनुभएको छ । विद्यालयमा अहिले पनि खेलकुद सामाग्रीको अभाव, पर्याप्त सेनेटरी प्याडको अभाव देखिएकाले यसका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । विद्यालयको शैक्षिक अवस्था राम्रो बनाउन सबैले ईमान्दारिताका साथ लाग्नुपर्ने अध्यक्ष बोगटीले सुझाव समेत दिनुभएको छ । विद्यार्थिहरुले यस्ता कुरामा समयमै विद्यालय प्रशासनलाई जानकारी गराउन आवश्यक रहेको पनि अध्यक्ष बोगटीको भनाई छ ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै वडा न १ का अध्यक्ष लोकराज नाथले किशोर किशोरीको सानो गलत निर्णयले जिन्दगीभर दुख्ख पाउने भएकाले यस तर्फ सचेत हुन आग्रह गर्नुभएको छ । यो उमेर भनेको भविष्य बनाउने भएकाले पढाइ लेखाइ बाहेक अन्य कुरामा मन डुलाउन नहुने अध्यक्ष नाथको भनाई छ । कुरा सुन्ने तर व्यवहारमा लागु नगर्ने समस्या हामी सबैमा बढेकाले बिहे जस्तो संवेदनशील कुरा गर्दा हरेक कुरामा सोचविचार गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागि विद्यार्थिहरुले सोधेका प्रश्नको जवाफ दिदै कुन्ती माध्यामिक विद्यालयका प्रधानाध्यापक मदन बहादुर बोगटीले विद्यार्थिहरुले उठाएका समस्याहरु समाधन गर्नका लागि विद्यालय परिवार तयार रहेको बताउनुभयो । विद्यालय आफैले गर्नसक्ने कतिपय सानातिना समस्याहरु तत्काल समाधान गर्ने तर विद्यार्थिहरुले पनि अधिकार संगै आफ्नो कर्तव्य पालना गर्नुपर्नेमा जोडदिनुभयो । कतिपय क्षिक्षकहरु समयमै विद्यालय पुग्दैनन भन्ने गुनासो छ नी भन्ने हाम्रो प्रश्नमा प्रधानाध्यापक बोगटीले भन्नुभयो, त्यो केही हद सम्म समस्या छ त्यसलाई समाधान गर्न विद्यालयमा तत्काल ई हाजिरी जडान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा प्रथम स्थान हासिल गरेका विद्यार्थि अर्जुन जैगडीले बालविवाह अन्त्यका लागि सबैले हातेमालो गर्नुपर्ने भन्दै मन्तव्य राख्नुभएको थियो । कानुनमा बालविवाह गर्नु र गराउन हुदैन भनेपनी अहिले सम्म व्यावहारमा लागु नभएको भन्दै यसका लागि अब बालबालिकाहरु जाग्नुपर्ने बताउनुभयो । अहिलेको अवस्था रहने भने यसले धेरै ठुलो समस्या ल्याउने भएकाले सरोकारवाला पनि गम्भिर हुन आवश्यक रहेको जैगडीको जोड छ ।
कार्यक्रममा विद्यालयका शिक्षक धु्रब रावल, नवीन केसी, करन राना, मंगलसेन नगरपालिका प्राविधिक मुकेश बोहरा, स्टाप नर्स जमुना खाती लगायतको सहभागिता रहेको थियो । रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले सहजिकरण गर्नुभएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक पुर्ण बहादुर रानाले गर्नुभएको थियो । प्रतियोगितामा ४ जना विद्यार्थिले भाग लिएका थिए जसमा अर्जुन जैगडी प्रथम, चेतना समउद दोस्रो, मनिषा थापा तेस्रो र केशरी राना चौथो भएका थिए । नगरपालिकाले नगरका ११ वटा माध्यामिक विद्यालयमा यो कार्यक्रम संचालन गर्ने नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले जानकारी दिनुभएको छ ।
Discussion about this post