निराजन भण्डारी । मेल्लेख गाउँपालिकामा पालिका स्तरिय हस्तलेखन प्रतियोगीता सम्पन्न भएको छ ।युवा तथा खेलकुद शाखा मेल्लेखको आयोजनामा भएको हस्तलेखन प्रतियोगीतामा पालिकाका करिब २३ वटा आधारभुत तहका विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको सहभागिता रहको थियो ।उक्त प्रतियोगितामा दुर्गादेवी माध्यामिक विद्यालयका नविन साउँद प्रथम,कालिका आधारभुत विद्यालयका नरेश बोहरा द्धितिय कमल आधारभुत विद्यालयका मनिशा बुढा तृतिय र षोड्शा आधारभुत विद्यालयका लक्ष्मी टमट्टा सान्तवना स्थान हुन सफल भएकी छन ।
प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्तवना हुने विद्यार्थी र विद्यालयलाई पुरस्कार वितरण समेत गरिएको छ । हस्तलेखन प्रतिस्पर्धाले विद्यार्थीको चौतर्फी बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सहयोग पुग्ने भएकोले हस्तलेखन प्रतियोगीता कार्यक्रम गरिएको युवा तथा खेलकुद शाखा मेल्लेखले जनाएको छ ।कार्यक्रममा युवा तथा खेलकुद शाखा मेल्लेखका प्रमुख बिरेन्द्र खड्का,प्रास रमा पोखरेल विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरुको सहभागीता रहको थियो ।













Discussion about this post