वाइसीएल नेपालको केन्द्रिय सदस्यमा अछामबाट साउद निर्वाचित

26
SHARES
142
VIEWS

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको  सहायक संगठन योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

उद्यमशिलता,नवप्रवर्तन र स्वरोजगारका लागी  आजको युवा आन्दोलन -सुशासन सामाजिक न्याय ,सम्वृद्वि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन भन्ने मुल नाराका साथमा काठमाडौँमा यहि जेठ १८गते माओवादी अध्यक्ष एंवम  पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल  प्रचण्डद्वारा उदघाटन सत्र सम्पन्न भएको थियो ।

७ दिनसम्म चलेको बन्द सत्र प्रक्रियाबाट सर्वसम्मत केन्द्रिय समिती चयन विधिवत रुपमा निर्वाचन प्रक्रिया मार्फत गरिएको छ ।

राष्ट्रिय सम्मेलनबाट अछाम जिल्ला देखि केन्द्रिय सदस्यमा पुर्व विद्यार्थी नेता लाल बहादुर साउद निर्वाचित हुनुभएको हो । नेता साउद यस अघि अखिल क्रान्तिकारी अछामको  तीन वर्ष अछाम जिल्ला अध्यक्ष भइसक्नु भएको छ ।

यस अघि क्रान्तिकारीमा ३२वर्षे उमेर उमेर हद लागे संगै केन्द्रिय उपमहासचिव पदमा उपबिजेता भएका साउद पार्टीको निति अनुरुप वाइसीएल नेपालमा सिफ्ट हुन भएक हो ।

वाइसीएल नेपालमा ४०वर्षे उम्मेर हद कायम गरिएको छ। नेता साउद सिसिएम मा निर्वाचित  भएसंगै अबको एक दशक वाइसीएलमा रहि पार्टी निर्माण र जनताको सेवामा लागि पर्ने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार