टेक बहादुर थापा । अछामका युवा व्यवसायीले अब बन्ने अर्थनितिले ग्रामीण क्षेत्रका युवालाई पनि समेट्नुपर्ने बताएका छन । नेपालको हालको अर्थनितिले शहर बजार तिरका व्यवसायीहरुलाई मात्रै बढी प्राथमकिता दिएको भन्दै नयाँ बन्ने अर्थनितिले अछाम जस्ता विकट क्षेत्रमा बसेर व्यवसाय गरिरहेका र गर्न चाहाने युवालाई समेट्नु पर्नेमा जोड दिएका हुन ।
आईतबार नेपाल राष्ट्र बैंक धनगढीले मंगलसेनमा आयोजना गरेको सरोकारवाला संगको अन्र्तक्रिया कार्यक्रममा बोल्ने युवाहरुले अछाम जिल्ला जस्ता विकट क्षेत्रलाई नेपालको अर्थतन्त्रले प्रभाव पार्न नसक्दा आज युवाहरु विदेशीन बाध्य भएको गुनासो गरेका थिए ।
पछिल्लो समयमा ग्रामीण क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने भावना बोकेका युवाहरु देखिएकाले उनीहरुलाई निश्चित अवधिका लागि अनुदान दिएर त्यसको प्रभावकारी ढंगले अनुगमन गर्न आवश्यक रहेको बताएका छन । गाउँमा रोजगारीको अवसर नहुदा धेरै युवाहरु भारत लागयतका देशमा जादा गाउँहरु युवा बिहिन भएको भन्दै यस्तै अवस्था रहने हो भने अबको केही वर्ष भित्र गाउँखाली हुने भन्दै चिन्ता व्यक्त गरेका छन । जिल्लामा यस भन्दा अघि कृषि लगायतका अन्य क्षेत्रमा भएको लगानीको प्रतिफल खोज्नुपर्ने र अनुदानको दुरुपयोग गर्नेलाई कार्बाही गर्नुपर्ने अधिकांश सरोकारवालाको जोड थियो ।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ अछामका अध्यक्ष बम बहादुर रावलले कृषि र पशु क्षेत्रमा मात्र लगानी नगरि अन्य उद्योग तर्फपनी लगानी गर्न आग्रह गर्नुभएको छ । अहिले लगानी भएको क्षेत्र बाट अपेक्षा गरे अनुसारको परिणमा आउन नसकेको हुदा यस तर्फ पुनर्रविचार गर्नुपर्ने अध्यक्ष रावलको जोड थियो । भारतिय बजार संग नेपाली बजारले प्रतिष्पर्धा गर्न नसक्ने हुदा यसका लागि राष्ट्र बैंकले विशेष निति ल्याउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै युवा व्यवसायी दिपक रावलले राज्यले जग्गा अधिग्रहण गर्र्ने अवधारण ल्याउनुपर्ने बताउनुभयो । टुक्रे प्रकारको जग्गाले युवालाई व्यवसायमा जोड्न कठिनाई सृजना गरेको रावलको भनाई छ । युवा व्यवसायी रावलले भन्नुभयो भारतलाई नेपाली बजारको अवस्था कस्तो छ भन्ने राम्रै संग थाह हुने भएकाले सोही किसिमको निति अबलम्बन गर्नुपर्ने व्यवसायी रावलको भनाई थियो ।
कार्यक्रममा बोल्दै अछाम बहुमुखी क्याम्पसका प्रमुख ध्रुब कुमार शाहीले अछाम जिल्लाको जग्गाको मुल्याङकन बढाउन आवश्यक रहेको बताउनुभयो । आज पहाडमा जग्गाको कारोबार नहुने समस्याले बसाइसाई प्रमुख समस्याको रुपमा देखिएको शाहीको भनाई छ । बसाइ सराइले अछाम जिल्लामा ठुलो समस्या ल्याईरहेको भन्दै क्याम्पस प्रमुख शाहीले यस तर्फ राष्ट्रबैक जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभयो ।
उक्त अन्र्तक्रिया कार्यक्रममा बोल्ने युवाहरुले आफुले संचालन गरिरहेको व्यवसाय र त्यसको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागि स्थानीय युवाहरुले राखेको जिज्ञासाको जवाफ दिदै गभर्नर डा. विश्वनाथ पौडेले अबको अर्थनिति सबैलाई समेट्ने गरि आउने बताउनुभयो । ग्रामीण क्षेत्रको अवस्थाका बारेमा बुझ्न आफु यस क्षेत्रमा आएको भन्दै गभर्नर पोडैलले सरोकारवालाको सुझाव संकलन गर्दै अर्थनितिमा समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । युवा आफैपनी अग्रसर हुनुपर्ने र राज्यले दिने हरेक अनुदानका बारेमा जानकार हुन सुझाव दिनुभएको छ ।
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्ने तयारीस्वरूप आफैँ निरीक्षणमा निस्किएका गभर्नरले आर्थिक गतिविधि चलायमान हुन नसक्दा ऋणहरू खराब बनेको र त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा परेको बताउनुभयो बैंकको पैसा साना व्यवसायी र सर्वसाधारणसम्म ऋणको रूपमा पुग्न नसकेको उहाको भनाई छ । कार्यक्रममा कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक कृष्णप्रसाद तिम्सिना र वरिष्ठ वैज्ञानिक डा. सुनील अर्याल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।













Discussion about this post