बालबिवाह अन्त्यका लागि मंगलसेनमा बक्तृत्वकला प्रतियोगिता

54
SHARES
302
VIEWS

टेक बहादुर थापा । मंगलसेन नगरपालिकाले बालबिवाह अन्त्यका लागि बालबालिकाको भुमिका विषयक अन्तरक्रिया तथा बक्तृत्वकला प्रतियोगिता कार्यक्रम संचालन गरेको छ । पालिकामा रहेका ११ वटा माध्यामिक विद्यालय र एक क्याम्पसमा यो कार्यक्रम संचालन हुने नगरपालिकाले जनाएको छ । विद्यालय स्तरमै नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, शिक्षा शाखा लगायत विषयगत शाखाका कर्मचारीहरु गएर शिक्षक, विद्यार्थि र अभिभावक संग सामुहिक अन्तरक्रिया सहित विद्यार्थि विच बक्तृत्वकला प्रतियोगिता कार्यक्रम समेत गरिने उप प्रमुख संगीता रावल सोडारीले बताउनुभयो ।

विद्यालयमा पुगेर विद्यालयको आर्थिक, भौतिक, शैक्षिक अवस्थाको बारेमा पनि बुझ्ने र भएका राम्रा कुराहरुको प्रशंसा तथा कमजोरी देखिएको ठाउमा रचनात्मक सुझाव दिने काम समेत भईरहेको उप प्रमुख रावलले रेडियो गाउँघर संग बताउनुभयो । उप प्रमुख रावलले भन्नुभयो अहिले ११ वटै माध्यामिक विद्यालयमा गएर विद्यालय स्तरिय कार्यक्रम गर्छौ, स्व प्रतियोगितामा प्रथम हुने विद्यार्थिलाई पालिकामा ल्याएर भाद्र २९ गते बाल दिवसको अवसरमा मंगलसेनमा बृहत कार्यक्रमको आयोजनागरि प्रतिष्पर्धा गराईने जानकारी दिनुभएको छ ।

विद्यार्थिहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने र सरोकारवाला बाट विद्यार्थिलाई आवश्यक ज्ञान प्रदान गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको उहाको भनाई छ । विद्यालयमा यो कार्यक्रम हुने भएपछी पालिकामा रहेका शिक्षक र विद्यार्थी पनि खुसी हुदै आ आफ्नो विद्यालयमा कार्यक्रमको तयारीमा जुटेका छन । शुक्रबार मंगलसेन नगरपालिका वडा न १३ मा रहेको यसोधरा माध्यामिक विद्यालयमा अन्तरक्रिया सहित बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा भएको प्रतियोगितामा सोही विद्यालयकी उर्मिला धामी प्रथम हुदै पालिका स्तरमा हुने प्रतियोगिताका लागि छनौट हुनुभएको छ भने दिनेश बुढा दोस्रो, शिसुसुधार माध्यामिक विद्यालयका रुपेन्द्र दमाइ तेस्रो स्थान आउन सफल भएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख संगीता रावल सोडारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उप प्रमुख रावलले गत वर्ष यो कार्यक्रमलाई परिक्षणको रुपमा केही विद्यालयमा संचालन गर्दा विद्यार्थि तथा सरोकारवालाको राम्रो प्रतिक्रिया आएको भन्दै यो वर्ष सबै विद्यालयमा गर्ने गरि तयारी भईरहेको बताउनुभयो । यो कार्यक्रमले जनप्रतिनिधि, शिक्षक, विद्यार्थि र अभिभावक विचको सम्बन्ध सुमधुर बनाउन मदत पुग्ने विश्वाश व्यक्तगर्नुभयो । हाम्रो समुदायमा बालबिवाह समस्याकै रुपमा रहेकाले नेपालको संविधानले बन्देज गरेका गतिविधि रोक्नु हामी सबैको कर्तव्य भएकाले बालबिवाह, छाउपडी प्रथा जस्ता विकृतिको अन्त्यका लागि बालबालिकाहरु थप सकृय हुनुपर्ने बताउनुभयो ।

वडा न १३ का अध्यक्ष हिक्मत बहादुर बोगटीले गाउँघरमा हुने बालबिवाह न्युनिकरणका लागि किशोर किशोरी आफै अग्रसर हुनुपर्ने बताउनुभयो । संगै पढ्ने साथीको बारेमा उसैको साथीभाईलाई थाह हुने भएकाले कसैले बालबिवाह गर्दै छ भने शिक्षक र अभिभावकलाइ जानकारी गराउन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा वडा न ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहराले समाज परिवर्तनका संम्वाहक किशोर किशोरी भएकाले उनीहरुले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । समुदायका सबै घरका बालबालिकाहरु विद्यालयमा हुने भएकाले विद्यालय स्तरमा यस्ता सन्देशमुलक कार्यक्रमहरु संचालन गरिरहनुपर्नेमा जोड दिनुभएको छ । आज सामाजिक संजालको दुरुपयोगको कारणले धेरै बालबालिकाको विग्रीदै गएको भन्दै यसको सही सदुपयोग गर्न सुझाव दिनुभएको छ ।

बक्तृत्वकला प्रतियोगीता कार्यक्रममा प्रथम स्थान हासिल गर्दै किशोरी उर्मिला धामीले आफ्नो गाउँठाउमा हुने बालबिवाह अन्त्यका लागि सरोकारवाला संग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउउनु भएको छ । स्थानीय सरकारले पनि आफुहरुलाइ साथ दिनुपर्ने र आफुहरु भने यसका विरुद्ध खुलेरै अभियान संचालन गर्ने धामीको भनाई थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक तुल्छा देवी बुढा, जयकला धामी, विद्यालयका प्रधानाध्यापक लाल बहादुर धामी, शिसुसुधार माध्यामिक विद्यालयका शिक्षक कमल साउँद लगायत विद्यालयका शिक्षक, विद्यार्थि र अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रमकोे सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको थियो भने संचालन विद्यालयका लेखापाल लक्ष्मण बहादुर धामीले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार