अछाम सहित सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

8
SHARES
43
VIEWS

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय,महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष रहको छन् ।

त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु कञ्चनपुर,अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिनुभएको छ ।

यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार